भोजपुरमा प्रथम मेयर कपको फाइनलमा दिङ्ला र कोदार

भोजपुर । भोजपुरमा जारी जिल्लास्तरीय प्रथम मेयर कपको फुटबल प्रतियोगितामा षडानन्द नगरपालिका दिङ्ला र कोदार फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमी फाइनलको पहिलो खेलमा षडानन्द नगरपालिकाले भोजपुर ११ लाई ५–१ गोलअन्तरले पराजित ग¥योे

दिङ्लाका हेम कुमारले ४, ४९ औँ र ५४ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै जितवल राईले  ४१ र ७९ औ मिनेटमा गोल गर्दै फाइनलमा पु¥याउन सफल भएका थिए । दोश्रो हाफकै ५३ औँ मिनेटमै भोजपुर ११ का निगम तामाङले ५३ मिनेटमा १ गोल गरेका थिए ।  म्यान अफ द म्याच षडानन्द.न.पा का बिबेक राई घाेषित भएका छन ।

त्यसैगरि दोश्रो क्वार्टर फाईनलमा भोजपुर नगरपालिका ७ र ट्याम्केमैयुङ्ग विच भएको खेलमा ३–० ले विजयी हुदै फाइनलमा प्रवेश गरेको छ । भोजपुर नगरपालिकाका–७ का आङनिमा शेर्पाले १५ र ७० मिनेटमा गोल गरेका थिए । त्यस्तै विजय भुजेलले २५ मिनेमा अर्काे गोल गर्दे  भोजपुर नगरपालिका ७ लाई विजयी बनाएका थिए । म्यान अफ द म्याच भाे.न.पा ७ का अाङ निमा शेर्पा घाेषित भएका छन ।

भोली आइतबार फाईनल खेल षडानन्द नगरपालिका र  भोजपुर ७ वी हुने हुने आयोजकले जनाएको छ । प्रथम हुनेले १ लाख नगद, प्रमाणपत्र र ट्रफी त्यसैगरी दोस्रो हुनेले ५० हजार नगद, प्रमाणपत्र र ट्रफी पाउने छन् ।  सर्वाेत्कृष्ट खेलाडीले ५ हजार नगद, प्रमाणपत्र र ट्रफी त्यस्तै सर्वाेत्कृष्ट गोलरक्षकले १ हजार ५ सय नगद, प्रमाणपत्र र ट्रफी, उत्कृष्ट डिफेन्सले १ हजार ५ सय नगद, प्रमाणपत्र र ट्रफी, उत्कृष्ट मिड फिल्ड १ हजार ५ सय नगद, प्रमाणपत्र र ट्रफी र उत्कृष्ट फरवार्डले १ हजार ५ सय नगद, प्रमाणपत्र र ट्रफी पाउने आयोजकले जनाएको छ ।