
भोजपुर । युएई रहेका भोजपुरले एक बालिकाको उपचारका लागि अार्थिक सहयोग गरेका छन्। कार्तिक १२ गते बलात्कारपश्चात आँखा झिकेर हत्या प्रयासको शिकार बनेकी आमचोक गाउँपालिका ९, दुम्माना निवासी १४ बर्षीया बालिकाको उपचारका लागि आर्थिक सहयोग गरेका छन्।
युएईको अबुधावीस्थित वैदेशीक रोजगारको क्रममा पुगेका भोजपुरे दाजुभाईले पीडित बालिकाको आँखाको उपचारका लागि नेपालीहरुले संकलित ३९ हजार ४ सय नेपाली रुपैयाँ आर्थिक सहयोग गरेका हुन्। बुधबार त्यहाँस्थित भोजपुरे हातेमालो समाज युएई परिवार संस्थाले बालिकाकी आफन्त तारा कुमार लाम्गादेको खातामा उक्त सहयोग रकम आईएमईमार्फत पठाएका हुन्।
बालिकाको घरको आर्थिक अवस्था अति दयनीय भएकोले उनको आँखाको उपचारमा विदेशमा बस्ने भोजपुरेलगायत नेपालीहरुबाट सहयोगी हात फैलाउन प्रयास गरेको संस्थाका उपाध्यक्ष सुवास राईले बताए। ‘हामी विदेशमा छरिएर रहेका नेपाली दाजुभाईहरुले पीडित बालिकाको उपचारमा आपूmले सक्ने सहयोग गर्ने हाम्रो भावना हो, मन हो। हाम्रो सानो सहयोगले उनको जिन्दगीमा थोरै भएनि उज्यालो छरोस् भन्ने चाहान्छौँु राईले भने।
सानैमा बाबु–आमाबाट टाढिएकी पीडित बालिका आफ्नो दाजुसंग बस्दै आएकी छिन्। आर्थिक अवस्था कमजोर भएकाले उनको उपचार हुन सकेको छैन। यता पीडक सोही गाउँ निबासी २२ बर्षीय सन्तोष श्रेष्ठलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय भोजपुरमा ल्याइएको छ। दोषी श्रेष्ठसंग सोधपुछ र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले बताए।