भोजपुरमा शेरधनले चार बर्षमा के–के गरे ?

भोजपुर । आज भन्दा ठिक चार बर्ष अघि यतिबेला दोस्रो संविधान सभा निर्वाचनको तयारी तिब्र थियो । आखिर कात्तिकको चिसो उही हो, ठिक चारबर्ष पछि फेरी चुनाबकै तयारी तिब्र छ । संविधान निर्माणका लागि त्यो चार बर्ष अघि भएको निर्वाचनबाट निर्वाचित सभासदले संविधान बनाएसँगै देश नयाँ कोर्षमा प्रवेश गरेको छ । अव देश विकास र समृद्धिमा प्रवेश गरेको दलहरुले उद्घोष गरेका छन् । त्यसैका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर १० र २१ गते हुँदैछ ।

२०७० साल मंसिर ४ गते सम्पन्न भएको निर्वाचनबाट पूर्वि पहाडको भोजपुर जिल्ला क्षेत्र नं २ बाट शेरधन राई निर्वाचित भएका थिए । एमालेबाट निर्वाचित राईले ११ हजार ९ सय २७ मत प्राप्त गरी विजयी भएका थिए । तिनै राई प्रदेश सभा निर्वाचनमा यही क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका छन् । यो चार बर्षको अवधिमा शेरधनको सबैभन्दा ठूलो उपलब्धी भनेको संविधान जारी गर्नु नै हो । २०६४ सालमा भएको पहिलो संविधान सभा संविधान जारी नगरी विघटन भएको थियो । संविधान जारी गर्ने सबै सभासदले इतिहास मात्र रचेनन् आ–आफ्ना जिल्लाका मतदाताले धन्यवाद समेत दिएका छन् ।

शेरधन सभासदमा निर्वाचित भएसँगै संसदको महत्वपूर्ण मानिएको सुशासन तथा अनुगममन समितिको सभापति भए । यसबीचमा शेरधन सूचना तथा सञ्चार मन्त्री समेत भए । यो चार बर्षको अवधिमा शेरधनले के–के गरे ? यहाँ जिल्ला समन्वय समिति भोजपुरको तथ्यांकको आधारमा लेखाजोखा गर्ने प्रयास गरिएको छ ।

प्रमुख काम र उपलब्धी

भोजपुरको एकमात्र हवाई मैदान टक्सार विमानस्थल कालोपत्रे ।

२. दलगाउँ—ओख्रे र सिक्तेल—कोट—गोगने—लेखर्क जोड्ने पिखुवा खोला गुम्बामा पक्की पुल निर्माण सम्पन्न गरी सञ्चालन ।

३. रानीटार—पाङ्चा—चखेवा सडकलाई तराईसँग जोड्ने दूधकोशी नदीमा पक्की पुलको शिलान्याससँगै निर्माण कार्य सुरु ।

४. धनकुटा—मुगा—घोरेटार सडक जोड्ने अरूण नदीको सुनवालुवामा पक्की पुल निर्माणको थालनी ।

५. सदरमुकाम भोजपुर—घोरेटार—हसनपुर सडकको चुहार र उदयपुरको मैनामैनी जोड्ने दूधकोशीमा पक्की पुल र भोजपुर च्याङ्ग्रे—बास्तिम—सानोदुम्मा सडकलाई धनकुटाको फलाटे—पाख्रीबाससँग जोड्न अरूण नदीको अँधेरीघाटमा यथाशीघ्र पक्की पुल निर्माणको लागि प्रस्ताव अगाडि सारेको ।

६. भोजपुर बजार—टक्सार—मानेभञ्ज्याङ—वैकुण्ठे—बासिखोरा—यूँ—बालांखा जोड्ने सडकलाई बहुवर्षीय आयोजनामा समावेश गरी सडक निर्माण र स्तरोन्नतिको काम भइरहेको । उक्त आयोजनालाई पाङ्चा—रानीटारसम्म बिस्तार गर्ने प्रस्ताव अगाडि वढाइएको छ ।

७. भोजपुर सदरमुकाममा नेपाल टेलिकमको टेलिफोन टावरको क्षमता वृद्धि र बजारलाई हटस्पट वाईफाई सेवाको लागि अप्टिकल लिंकले जोड्ने काम शुरुवात । घोरेटार बजारमा ल्याण्डलाइन टेलिफोन सेवा शुरू गराएको । संखामचुली, मानेभञ्ज्याङ, दुम्माना, अन्नपूर्ण, स्यामसिला आदि ठाउँमा टेलिफोन टावरहरू निर्माण गरिएको । बयाङ—देवन्टार, बास्तिम—मानेडाँडा, याङपाङ र कुदाककाउले लगायतका ठाँउहरूमा टावर स्थापना र सेवा सञ्चालनको काम शुरू भइसकेको ।

८. जिल्लामा  परियोजना ल्याएको । क्षेत्र नं. २ मा भोजपुर—घोरेटार, भोजपुर—दलगाउँ—ओख्रे, तिवारी भञ्ज्याङ—च्याङ्ग्रे—सानोदुम्मा र उन्नति परियोजनाबाट भोजपुर—टक्सार— गुम्बा हुदै कोट—गोगने—लेखर्क तर्फको सडक बिस्तार र स्तरोन्नतिको काम धमाधम भइरहेको ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम (०७१÷०७२ देखि ०७४÷०७५ सम्म) को बजेटबाट सम्पन्न गरिएका काम तथा योजना आयोजनाहरूः
१ भोजपुर बजार बैंकरोडदेखि अदालतसम्म सडक ढलान ८,००,०००

२ बालांखा—तारेभीर पाङ्चा—सांकाफोप—रानीटार सडक १२,००,०००÷—

३ बैकुण्ठे—बासिखोरा—यूँ सडक निर्माण ८,००,०००÷—

४ सगरमाथा उच्च मावि घोरेटारमा विज्ञान प्रयोगशाला भवन निर्माण १४,००,०००÷—

५ ब्याडमिन्टन कभर्ड हल निर्माण भोजपुर ३०,००,०००÷—

६ घोरेटार—खैराङ—पात्लेपानी—हसनपुर सडक निर्माण १४,००,०००÷—

७ कृषि तालिम तथा अलैँची विरूवा खरिद भोजपुर ७,००,०००÷—

८ घट्टेखोला—आम्तेक—तिलाहार—च्याङ्ग्रे—बास्तीम—सानोदुम्मा—अँधेरीघाट सडक निर्माण १२,००,०००÷—

९ भुल्के—धोदलेखानी कटुञ्जे हुँदै पाक्माखाम सडक निर्माण १६,००,०००÷—

१० कोट बानुवादेखि गोगनेको धाइपा रचने हुँदै लेखर्क साविक ९ सडक निर्माण ८,५०,०००÷—

११ विद्योदय उच्च मावि भवन पूर्वाधार निर्माण तथा मर्मत १०,००,०००÷—

१२ टक्सार महोत्सव तीनधारा सडक ढलान १०,००,०००÷—

१३ चारभञ्ज्याङ—पानीटैंकी सडक स्तरोन्नति १०,००,०००÷—

१४ सानोदुम्मा—अँधेरीघाट सडक निर्माण १०,००,०००÷—

१५ भोजपुुर बजार—टक्सार—डबली पाहारपानी—बास्तिम—च्याङ्ग्रे सडक १०,००,०००÷—

१६ बैकुण्ठे गंगाखोला लघुजलविद्युत आयोजनाका लागि खम्बा खरिद १२,००,०००÷—

१७ पञ्चकन्या उमावि च्याङ्ग्रे भवन निर्माण र विज्ञान प्रयोगशाला भवन निर्माण ३७,००,०००÷—

१८ बालांखा—तारेभीर—सांकाफोप सडक निर्माण १०,००,०००÷—

१९ लेखर्क—वैराङ—खेना—हुर्बु भञ्ज्याङ सडक निर्माण ३०,००,०००÷—

२० भोजपुुर कोदार रंगशाला निर्माण १०,००,०००÷—

२१ सिन्द्राङ—छिर्लिङखोला लघुजलविद्युत आयोजना निर्माण १०,००,०००÷—

२२ देवान्टार बयाङ—डुम्रे—दुम्माना सडक निर्माण तथा स्तरोन्नति ८,००,०००÷—

२३ खैराङ—फलामढुंगा—पुर्णेडाँडा—बयाङ—बालांखा सडक मर्मत तथा स्तरोन्नति ८५,००,०००÷—

२४ सिंहदेवीमार्ग बासीखोरा साविक ५ देखि देवनटार जोड्ने सडक निर्माण १२,००,०००÷–

२५ माटीकोरे—डाँडाखर्क—ओख्रे कृषि सडक निर्माण तथा स्तरोन्नति १०,००,०००÷—

२६ दुम्माना एखुवाखोला चिसापानी जलविद्युत आयोजना साविक ४ र ५ पावर हाउस बाँध निर्माण १०,००,०००÷—

२७ रामप्रसाद राई स्मृति पार्क निर्माण बासिखोरा १०,००,०००÷—

२८ थिदिंखा छेलोभञ्ज्याङ—धिन्ताङ सडक मर्मत तथा स्तरोन्नति १०,००,०००÷—

२९ टक्सार—बास्तिम सडक निर्माण १०,००,०००÷—

३० ठूलोदुम्मादेखि होम्ताङ हुँदै सुनबालुवा जोड्ने सडक निर्माण २२,००,०००÷—

३१ गोगनेखोलादेखि विद्येश्वर उच्च मावि हुँदै लेखर्क पान्धारे जोड्ने सडक स्तरोन्नति १०,००,०००÷—

३२ बैकुण्ठे—भालेढुङ्गा—कन्यदह—होम्तोक हुँदै धोदलेखानी कटुञ्जे जोड्ने सडक १०,००,०००÷—

३३ मानेभञ्ज्याङदेखि आम्बोटे बेहेरेश्वरधाम हुँदै दलगाउँ जोड्ने सडक १०,००,०००÷—

३४ कावाखोला लघुजलविद्युत आयोजना देवन्टार खम्बा खरिद १०,००,०००÷—

३५ पाङ्चा—मार्जिताङ—दारेगाँैडा सडक निर्माण १०,००,०००÷—

३६ गोसेथान मार्से बितलब हुदै बास्तिम जोड्ने सडक निर्माण १५,००,०००÷—

३६ कोट दिप्सागुठी हुँदै जाँैनागीसम्म सडक निर्माण तथा स्तरोन्नति १०,००,०००÷—

३७ भुल्के—ओख्रे विद्युत बिस्तार १०,००,०००÷—

३८ जिल्ला प्रशासन कार्यालयदेखि पानीटैंकीसम्म सडक स्तरोन्नति १०,००,०००÷—

३९ होम्ताङ प्रजातन्त्र माविदेखि पुरानो घिर्लिङसम्मको सडक स्तरोन्नति १०,००,०००÷—

४० खैराङ सुनाहाङ फुटबल मैदान निर्माण १०,००,०००÷—

४१ हसनपुर—कोलटार—उखुबारी—हलेदे सडक १६,००,०००÷—

४२ पेक्ला दितेनी लुङ्गीन कावाखोला लघुजलविद्युत कुलो मर्मत र खम्बा खरिद १७,५०,०००÷—

४३ होम्ताङ गुर्धुम पिखुवा सडक १०,००,०००÷—

४४ आमचोक ३ थिदिंखा चुमाराङ—थर्पुडाँडा—माङतेला—एखुवाखोला सडक निर्माण १०,००,०००÷—

४५ आमचोक दुम्माना ९ बोखिमटार जोगेपत्थर सडक स्तरोन्नति १०,००,०००÷—

४६ आमचोक ३ चुमाराङ—सामाराङ—बालांखा सडक निर्माण १०,००,०००÷—

४७ बालांखा पानीटार खेल मैदान निर्माण १४,००,०००÷—

४८ पौवादुम्मा ४ बास्तिम, ५ सानोदुम्मा, ६ ठूलोदुम्मा विद्युत खम्बा र तार खरिद १८,००,०००÷—

४९ वैकुण्ठे सग्रबास भुइँदल घलेगाउँ विद्युत खम्बा खरिद १०,००,०००÷—

५० दलगाउँ सहेले विद्युत खम्बा खरिद १०,००,०००÷—

५१ रामप्रसाद राई गा.पा. ७ बासिखोरा विद्युत खम्बा र तार खरिद १०,००,०००÷—

५२ ओख्रे हुर्बु भञ्ज्याङ हुँदै धोदलेखानी साविक ९ सम्म विद्युत खम्बा बिस्तार १०,००,०००÷—

५३ सिन्द्राङबाट देवन्टारको वाराताङ खाम्ताङ हुँदै डुम्रे दुम्माना जोड्ने सडक १०,००,०००÷—

५४ भोजपुर नगरपालिकामा दलित भवन निर्माण १०,००,०००÷—

५५ बासिखोरा खावाहाङ ग्रामीण कृषि सडक निर्माण १०,००,०००÷—

५६ भुल्के धोदलेखानी ७ कटुञ्जे पाक्माखाम र धोदलेखानी ओख्रे जोड्ने सडक निर्माण तथा स्तरोन्नति १०,००,०००÷—

५७ टक्सार पुरानो डबलीदेखि जुकेखोलासम्मको सडक स्तरोन्नति १०,००,०००÷—

५८ ओख्रे खेना विद्युत बिस्तार १०,००,०००÷—

५९ पावला खालिङ भञ्ज्याङदेखि पिपिमाला हुँदै दुम्माना जोड्ने सडक १०,००,०००÷—

६० मानेभञ्ज्याङ—बैकुण्ठे पिखुवाखोला सोलार पम्पिङ खानेपानी योजना १२,००,०००÷—

६१ बोङ्वाखोला १ लघुजलविद्युत आयोजना बालांखा विद्युत खम्बा खरिद १०,००,०००÷—

६२ बोङ्वाखोला २ लघुजलविद्युत आयोजना वासिङथर्पु विद्युत खम्बा खरिद १०,००,०००÷—
निर्वाचन क्षेत्र विकास कार्यक्रम (०७०÷०७१ देखि ०७४÷०७५ सम्म) को बजेटबाट गरिएका काम र योजनाहरूः
१ बासीखोरा—दलदले—खुक्सिक ग्रामीण कृषि सडक निर्माण ३,००,०००÷—

२ पाङ्चा—नागी—चखेवा सडक निर्माण २,००,०००÷—

३ मदन भण्डारी स्मृति प्रतिष्ठान भोजपुर कार्यालय ब्यवस्थापन र फर्निचर २,५०,०००÷—

४ यूँ हिमालयन रिन्छेन्जुङ गुम्बा मर्मत ५०,०००÷—

५ आम्तेक साविक ९ राङभाङ्गे कृषि सडक निर्माण ५०,०००÷—

६. दलगाउँ दिपेनी खानेपानी योजना ५०,०००÷—

७ रानीबास साविक ९ पञ्चकन्या भगवती निमावि खेल मैदान निर्माण १,६०,०००÷—

८ रानीबास पुर्णेडाँडा खेलमैदान बिस्तार ७५,०००÷—

९ होम्ताङ प्रजातन्त्र माविदेखि नकराङ सुनबालुवा सडक निर्माण २,५०,०००÷—

१० पेक्ला दितेनी रानीबास लघुजलविद्युत खम्बा खरिद १,५०,०००÷—

११ भुल्के धोदलेखानी साविक ९ सडक स्तरोन्नति १,००,०००÷—

१२ भोजपुर चारभञ्ज्याङ भोटेपसल सडक ढलान १,५०,०००÷—

१३ साविक कोट गाविस खेलमैदान निर्माण १,००,०००÷—

१४ साविक गोगने डाङडुङ्गे खानेपानी योजना निर्माण १,००,०००÷—

१५ असन्तुष्टि आत्मग्याङ पुस्तकालय ब्यवस्थापन साविक कोट ५०,०००÷—

१६ सन्तानेश्वर महादेव मन्दिर संरक्षण सानोदुम्मा २,००,०००÷—

१७ विद्येश्वर उच्च मावि कम्प्युटर र ऊर्जा ब्यवस्थापन गोगने १,००,०००÷—

१८ खैराङ पञ्चकन्या निमावि भवन टेवा पर्खाल निर्माण २,००,०००÷—

१९ लेखर्क सिंहदेवी उच्च मावि हिरक स्मारक गेट निर्माण ४,००,०००÷—

२० थिदिंखा एखुवाखोला लघुजलविद्युत आयोजना ४,००,०००÷—

२१ मानेभञ्ज्याङ खेल मैदान प्यारापिट निर्माण २,००,०००÷—

२२. हसनपुर ज्यामिरे—कोलटार—मझुवा—हलेदे सडक निर्माण ६,००,०००÷—

२३ घोरेटार खेलकुद मैदान ६,००,०००÷—

२४ सानोदुम्मा मावि सूचना—प्रविधि खरिद १,००,०००÷—

२५ होम्ताङ खेलमैदान निर्माण १,००,०००÷—

२६ आम्तेक खेलकुद विकास कार्यक्रम १,००,०००÷—

२७ थिदिंखा साविक ८ दिसंला खेलमैदान निर्माण ५०,०००÷—

२८ ओख्रे चिसापानी खानेपानी टैंकी घेराबारा ५०,०००÷—

२९ सगरमाथा उच्च मावि विज्ञान प्रयोगशाला भवन निर्माण ४,००,०००÷—

३० सिन्द्राङ—देवन्टार—वाराताङ—सेपी—खाम्ताङ डुम्रे दुम्माना सडक ३,००,०००÷—

३१ थिदिंखा पसलभञ्ज्याङ चण्डीखोला खानेपानी आयोजना ५,००,०००÷—

३२ उन्नति सामुदायिक रेडियो भोजपुर १०,००,०००÷—

३३ थिदिंखा चुमाराङ एखुवाखोला कृषि सडक मर्मत १,५०,०००÷—

३४ भगवती निमावि माझाखानी दुम्माना १,५०,०००÷—

३५ भोगटेनीबाट कंकला जोड्ने सडक निर्माण २,२५,०००÷—

३६ पिखुवा—दिदीबहिनी डाँडा झोपुदेखि बेलबोट आहाले घोडेटो बाटो निर्माण १,५०,०००÷—

३७ पावला खालिङ भञ्ज्याङदेखि पिपिमाला हँुदै दुम्माना जोड्ने सडक निर्माण १३,००,०००÷—

३८ कोट सिद्धेश्वर खेलमैदान निर्माण २,००,०००÷—

३९ सिर्जना युवा क्लब बालांखा खेलमैदान निर्माण १३,००,०००÷—

४० शिवालय मन्दिर जिर्णोद्वार लुङ्गीन रानीबास १,५०,०००÷—

४१ बालकल्याण निमावि सानोदुम्मा फर्निचर खरिद १,००,०००÷—

४२ कटहरे सिंचाई आयोजना मानेभञ्ज्याङ १०,००,०००÷—

४३ होम्ताङ रेपा माटोखानी सडक ४,००,०००÷—

४४ होम्ताङ बालकन्या—पिखुवा—ठूलोदुम्मा जोड्ने सडक निर्माण ४,००,०००÷—

४५ पात्लेपानी खानेपानी मर्मत सम्भार २,००,०००÷—

४६ खैराङ फलामढुंगा साकेन्वा थेत्लुङ निर्माण तथा ब्यवस्थापन २,००,०००÷—

४७ बुलबुले खानेपानी योजना रचने गोगने २,००,०००÷—

४८ बालसुधार पञ्चकन्या प्रावि बास्तिम भुइँ ढलान २,००,०००÷—

४९ टक्सार कृष्णमन्दिर रैकर सडक स्तरोन्नति २,५०,०००÷—

५० बैकुण्ठे भुइँदलधारादेखि सग्रबाससम्मको सडक मर्मत २,००,०००÷—

५१ थिदिंखा लहरेमाने—देउराली—बनेवा—महादेवथान सडक ३,००,०००÷—

५२ बासिखोरा भञ्ज्याङ रितुपानी शंखकाली सामुदायिक भवन १,५०,०००÷—

५३ बासिखोरा भञ्ज्याङ—खुक्सिक सोती कृषि सडक ३,००,०००÷—

५४ टक्सार परिवर्तनटोलदेखि दिपेनीखोला हुदै पालुवा जोड्ने सडक निर्माण ३,००,०००÷—

५५ थामचौतारा—मानेभञ्ज्याङ सडक निर्माण ३,००,०००÷—

५६ मकालु प्रावि राधुन देवन्टार खेलमैदान बिस्तार १,५०,०००÷—

५७ नेपाल शिक्षक महासंघ भोजपुर अभिमुखीकरण कार्यक्रम १,००,०००÷—

५८ थिदिंखा चुमाराङ माङतेला भागीरामे खानेपानी योजना मर्मत २,००,०००÷—