भोजपुर । प्रेस चौतारी नेपाल प्रेस सेन्टरले संयुक्त सचिवालय गठन गरिएको छ । दुवै संगठनहरुको केन्द्रमा सचिवालय गठन गरिएको हो ।
सचिवालयमा प्रेस चौतारीको तर्फबाट किरण राई संयोजक र प्रेस सेन्टरको तर्फबाट राजन राई सचिव रहने गरि ७ सदस्य सचिवालय समिति गठन गरिएको छ । साथै प्रेस सेन्टर सहितको अन्य संगठनले पत्रकार महासंघ भोजपुर शाखाम ालगाएको ताला समेत खोलिएको छ । दुवै संगठनले सहकार्य गरि अगाडी वढ्ने सहमतिसंगै ताला खोलिएको हो ।
प्रेश सेन्टरले यस अघिका दिनमा पत्रकार महासंघ जिल्ला विरुद्ध गरेको गतिविधि नदोहोराउने आगामी दिनमा सहकार्य गरेर अगाडी वढ्ने सहमती भएको प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एक्सन राईले जानकारी दिए । दुवै संठगनले संयुक्त प्रेश विज्ञाप्ती जारी गर्दैै सचिवालय गठनसंगै सहकार्यमा अगाडी वढ्ने जनाएको छन् ।