
आमाको गर्भबाट हरेक बच्चाले एकपटक मात्र जन्म लिने गर्छन् । यदी तपाईलाई कसैले आफ्नी आमाको गर्भबाट एक बच्चाले दुई पटक जन्म लिएको कुरा भन्यो भने तपाईले सहजै पत्याउन सक्नुहुन्न । तर, अमेरिकामा यस्तै चमत्कार भएको छ । एक बच्चाले दुईपटक जन्म लिएका छन् ।
टेक्ससमा बस्दै आइरहेकी एक महिलाको गर्भवाट २३ हप्ते बच्चालाई निकालिएको थियो । पुनः सजरी गरेर बच्चालाई गर्भमा राख्ने काम गरिएको थियो । मार्गरेट बोएमर नाम गरेकी यी महिलाको १६ औ हप्तामा गर्भ चलिरहेको थियो । चिकित्सकहरुका अनुसार उनको गर्भमा रहेको बच्चाको टेल बोनमा ट्युमर रहेको थियो । त्यसलाई सेकरोकोसिजल टेराटोमा भनिन्छ ।
२३ औ हप्तामा चिकित्सकहरुले ट्युमरको आकार निकै ठुलो भएको र बच्चाको आकार जत्रै भएपछि चिकित्सकहरुले चिन्ता व्यक्त गरेका गए । ट्युमरका कारण बच्चाको मुटुमा असर देखिने भएपछि चिकित्सकहरुले अप्रेशन गर्न मार्गरेटसँग सल्लाह गरेका थिए । सर्जनले उनको इमरजेन्सी सर्जरी गरेका थिए । सर्जरी गर्दा लिनलीको तौल ५३८ ग्राम रहेको थियो ।
पाँच घण्टाको सर्जरी पश्चात बच्चालाई पुनः गर्भासयमा राखिएको थियो । १२ हप्तापश्चात बच्चाको सिजेरियनबाट बच्चाको जन्म भएको थियो । चिकित्सकहरुका अनुसार बच्चाहरुमा हुने यो आम ट्युमर हो । केटा भन्दा केटी बच्चामा यस्तो ट्युमर हुने सम्भावना ज्यादा हुने गर्छ ।