भाेजपुरमा बाम गठबन्धनकाे चुनावी प्रचार यस्ताे छ । ( फाेटाे फिचर)

भाेजपुर । गत असार १४ मा सम्पन्न निर्वाचनमा एमालले सवै स्थानिय तहमा जित हासिल गर्न नसके पनि जिल्लाको पहिलो पार्टी भने वन्न सफल वनेको देखिन्छ ।स्थानिय तह अनुसार २ नगरपालिका र ७ गाउपालिका रहेको भोजपुरमा एमालेले र काङ्ग्रेसले चार÷चार र माओवादी केन्द्रले एक वटा स्थानिय तहमा जित हासिल गरेका थिए । चार ओटा स्थानीय तह मात्रै  जितेको भए पनि वडा लगाएतको मत परिणाम हेर्दा भोजपुरमा एमाले पहिलो दल बनेको थियो ।

निर्वाचनको अन्तिम परिणाम अनुसार एमालेले २५ हजार ६ सय ८५ मत प्राप्त गरेको थियो । उस्ले हतुवागढी गाउँपालिका प्रमुख र उपप्रमुख, टेम्के मैयुङ गाउँपालिकामा प्रमुख र उप प्रमुख, रामप्रसाद राई गाउँपालिका प्रमुख र पौवादुङ्मा गाउँपालिकामा प्रमुख जितेको थियो ।त्यस्तै भोजपुर नगरपालिका र षडानन्द नगरपालिकामा उपमेयर र साल्पासिलिछो गाउँपालिकामा उपप्रमुख जितेको थियो । एमालेले ३७ वटा वडा जितेको थियो । नौ वटा स्थानीय तह रहेको भोजपुरमा सबै तहमा एमालेले उम्मेदवार उठाएको थियो भने अन्य दलहरुको तालमेलकाबिच एमाले एक्लो थियो ।

नेपाली कांग्रेस भोजपुरमा दोस्रो भएको थियो । भोजपुर नगरपालिकामा मेयर, षडानन्द नगरपालिकामा मेयर, साल्पा सिलिछो गाउँपालिकामा प्रमुख र अरुण गाउँपालिकामा प्रमुख र उप्रमुख जितेर दोश्रो वनेको थियो । कांग्रेसको २० हजार ५ सय ६१ मत प्राप्त थियो । स्थानिय तहमा कांग्रेसले २५ वडा जितेको थियो ।

माओवादी केन्द्रले १८ वडा  र एक स्थानिय तह जित्दै तेस्रो भएको थियो । केन्द्रले १२ हजार ७ सय ६९ मत पाएको थियो ।  संघिय समाजावादी  फोरम नेपालले २ हजार ९ सय १६ मत प्राप्त गरेको थियो ।तर मंसिर १० मा हुन लागेको निर्वाचनमा भने मतपरिणाम कस्तो होला भन्ने आकलन गर्न निकै कठिन रहेको छ । कारण दलहरु विच भएको तालमेल ।