काठमाडौ । बाम गठबन्धनलाई जिताउन सैन्यविद डा.ईन्द्रजित राई र पूर्व योजना आयोगका सदस्य डा. शिवकुमार राईको टोली भोजपुरमा रहेकाछन् । परिवर्तनगामी शक्ति र यथास्थितिबादी शक्तिविचको धू्रवीकरण प्रदेश र प्रतिनिधिसभाको निर्वाचन रहेको भन्दै डा. ईन्द्रजित राई र डा. शिवकुमार राईको टोली बाम गठबन्धनलाई विजय गराउन भन्दै भोजपुर आएका हुन् ।
बाम गठबन्धनले आयोजना गरेको विभिन्न चुनावी सभामा सम्वोधन गर्दै आइरहेका डा. ईन्द्रजित राईले देशको राजनिति यथास्थितिबादी शत्ति र परिवर्तनगामी शक्तिविच दुई धूर्वमा विभाजित भएको बताएकाछन् । नेपालमा ७० प्रतिशत जनता कम्यूनिष्ठ शाषण व्यवस्थाको पक्षमा रहेपनि कम्यूनिष्ठहरु विभिन्न झुण्डमा विभाजन हुँदा यथास्थितिबादी शक्तिले यसको फाइदा लिएको राईको दावी छ । पूर्व योजना आयोगका सदस्य शिवकुमार राईले परिर्वतनगामी शक्ति र परिवर्तन नचाहाने शक्तिविचको अन्तिम युद्धकारुपमा निर्वाचनलाई लिइएको बताएका छन् ।
आगामी निर्वाचन रहेकाले बाम गठबन्धनलाई भारी मतले विजयी गराउनु पर्नेमा राईले जोड दिएकाछन् । डा.इन्द्रजित राई र शिवकुमार राईको टोलीमा पूर्व जिल्ला सभापति शशिभूषण किरात,स माजशेवी पासाङ्दोर्ची शेर्पा लगायत भोजपुरमा जन्मिएर काठमाण्डौमा विभिन्न पेशा व्यवशायमा आवद्ध व्याक्तिहरु रहेकाछन् ।