![](https://www.khabartweet.com/wp-content/uploads/2017/11/23602296_1445845858802520_1529994348_n.jpg)
भोजपुर । भोजपुर क्षेत्र २ का बाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राईमाथि विपल्ब कार्यकर्ताले बम प्रहार गरेका छन्। ट्याम्केमैयुङ गाउँपालिका वडा ७ को गुम्बा भन्ने ठाउँमा १४१५ जनाको समहूले गाडीमाथि बम हानेको प्रत्यक्षदर्शीले बताएका छन्।
गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोला नजिकै गुम्बा मास्तिर उम्मेद्वार राइसहित नेता कार्यकर्ता चढेको गाडीमा बम हानिएको हो । सडकको घुम्तिमा पारेर हानिएको बम विस्फोट हुँदा राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक -असई_ डिल्ली देवकोटाको हातमा चोट लागेको छ । उम्मेद्वारसहित अन्य सकुशल रहेको सँगै रहेका युवा नेता मकर खड्काले बताए । थप अनुसन्धान र आक्रमणकारीको खोजी गर्न टोली पठाइएको प्रहरीले बताएको छ ।