शेरधन राईको टायर पञ्चरदेखि ग्रिनेट र गोलीको सम्झनामा चुनावी सभा

भोजपुर । हिजो विहान ट्याम्केमैयुङ्ग गाउँपालिकाको गोगनेमा चुनावी सभा सम्वोधनको लागि पूर्व सूचना तथा सञ्चार मन्त्री तथा नेकपा (एमाले)का पोलिटव्युरो सदस्य शेरधन राई कार्यकर्ता र अंगरक्षकको साथमा भोजपुर सदरुमकामबाट हिडे । धुलो र कच्ची बाटोमा हल्लिदै दलगाउँ र कोटको गुम्वा डाँडामा पुगेका थिए । त्यतिवेला अचानक एउटा आवाज आयो । त्यतिवेला सोचेका थिए आफै चढेको ल्यान्ड रोभर गाडीको टायर पन्चर भएछ भनेर..। जंगलबाट गोली पड्केकाे आवाज अंगरक्षक डिल्ली देवकोटाले थहाँ पाएपछि पूर्वमन्त्री राईलाई बसेको सिटमुनि टाउको लुकाउन लगाएर जवाफी फायर गरे ।
गाउँमा पार्टीका कार्यक्रममा जाँदा ४ पटक सभा आफूलाई मार्नेगरी सुनियोजित रुपमा बम हानिएको बताएका छन् । भोजपुर क्षेत्र न.२ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार राईले बम प्रहारको घटनापछि भने,‘मलाई सिध्याउने गरी सुनियोजित रुपमा बम हानियो ।’
सदरमुकामबाट टेम्के मैयुम गाउँपालिका–८ गोगनेमामा चुनावी सभामा जादै गर्दा हिजो बिहान बम प्रहार गरिएको थियो । बम प्रहारबाट उनी चढेको बा १५ ज ५६०८ नम्बरको ल्यान्ड रोभर गाडीको अगाडीको भाग ध्वस्त भएको छ । घटनाको प्रकृति हेर्दा नेता राईलाई मार्ने उद्देश्यले बम प्रहार गरिएको छ ।
‘यो घटनालाई मैले गम्भिरतापूर्वक हिसाबले लिएको छु, मैले सानैदेखी भोजपुर र भोजपुरे जनताको सेवा गर्दै आएको छु । मेरो पहिचान र परिचय भोजपुरमा निष्कलङ्क नेताको रुपमा स्थापित छु । मैले जानेर आजसम्म गल्ती गरेको छैन । निष्ठा र इमानको साथ जनताको सेवा गरीरहेको मान्छेलाई सिध्याउने गरी बम हानेको यो घटनाले दुःखी बनाएको छ ।’ नेता राईले भने ।
पूर्वमन्त्री राईलाई प्रदेश नम्बर एकको मुख्यमन्त्रीको रुपमा हेरिएको छ । आफूलाई सिध्याउने गरी घटना घटाइएको उनको प्रतिक्रिया छ । राईले भने,‘मलाई सबैले भावी मुख्यमन्त्रीको रुपमा हेरिरहनु भएको छ । यस्तो अवस्थामा सिध्याउन मलाई खोजिएको छ ।’
राईमाथि भोजपुरको टेम्के मैयुम नगरपालिकाको वडा नम्बर–६ कोट स्थित गुम्बा भन्ने स्थानमा हिजो विहान ९ बजेर ५० मिनेट जाँदा बमसँग गोली पनि प्रहार गरिएको थियो । गोली लगेर राईको सुरक्षा गार्डका असई डिल्ली देवकोटा घाइते भएका छन् । बम प्रहारपछि गोली हानिएको र राईको सुरक्षा गार्डले २१ राउन्ड जवाफी फाइरिङ्ग गरेका थिए । उनको हातमा गोली लागेको छ । घटनाको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन । तर, घटनामा नेत्र विक्रम चन्द ‘विप्लप’का कार्यकर्ताहरु संग्लन रहेको प्रहरीको अनुमान छ ।