भोजपुरबाट २ जना नक्कली मतदाता पक्राउ ( काे–काे पक्राउ परे)

भोजपुर । आईतबार भएको प्रदेश र प्रतिनिधि सभाको चुनाबमा अर्काको नाममा मतदान गर्न खोज्ने २ जना नक्कली मतदाता पक्राउ परेका छन्।
भोजपुरको टेम्के मैयुङ्ग–२ स्थित त्रिभुवन धर्मोदय माध्यामिक बिद्यालयको मतदान केन्द्रमा भोजपुर टेम्केमैयुङ्ग वडा– २ बस्ने २१ वर्षिय याम कुमार भुजेलले बिदेशमा रहेको दाजु सुदिप भुजेलको मतदाता परिचयपत्र बोकी मतदान गर्न प्रयास गरेका थिए।
भुजेललाई प्रहरीको नियन्त्रणमा राखी मतदान समय सकिए पश्चात आफन्तको जिम्मा लगाई छोडिएको छ।

त्यसैगरी भोजपुरकै राम प्रसाद राई गाउँपालिका– १ ओख्रे स्थित कालिका माध्यामिक ओख्रेको मतदान केन्द्रबाट एक जना नक्कली मतदातालाई नियन्त्रणमा लिईएको हो।
सोही गाउँपालिका बस्ने श्याम कुमार तामाङको नाम अर्का बर्ष २० को शुक्रराज परियारले मतदान गर्न प्रयास गरे पछी उनलाई नियन्त्रणमा राखिएको हो। उनलाई मतदान समय सकिए पश्चात आफन्तको जिम्मा लगाई पठाईएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।