भोजपुरमा कुन–कुन ठाउँको मतपेटिका आइपुग्यो (हेर्नुहोस् )

भोजपुर । जिल्लाको सवै मतदान केन्द्रको मतपेटिका रातीसम्ममा सदरमुकाम आईसक्ने जनाएको छ । जिल्लाको १ सय ४८ केन्द्र मध्ये १ सय ३६ केन्द्रको मतपेटिका सदरमुकाम आई सकेको र उत्तरी क्षेत्रको १२ ओटा केन्द्रको बाँकी रहेकोले आज राती १० वजे सम्ममा आई पुग्ने मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामले जानकारी दिनुभयो ।

हिजो नै धेरै जसो केन्द्र मतपेटिका संकलन गरिएको भए पनि भौगालिक हिसावले दुर्गम ठाउँहरुको भने सुरक्षा चुनौतीको कारण आज मात्र मतपेटिका सदरमुकाम ल्याईएको हो । आइतवार पहिलो चरण अन्र्तगत भोजपुरमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ५८ दशमलव १३ प्रतिशत मत्र खसेको अनुमान रहेको जिल्ला निर्वाचनका कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयले समयमा तथ्याङ्क संकलन गर्न नसक्दा कति मत खस्यो भन्ने आधिरिक रुपमा सार्वजानिक हुने सकेको छैन् । यसै विच मुख्य अधिकृतको कार्यालय जिल्लामा संकलन गरिएका मतपेटिको सुरक्षाको विषयमा राजनैतिक दलहरुसंग छलफल गरेको छ ।