हुम्लाको सिमकोट विमानस्थल तारा एयरको विमान दुर्घटना, चालकसहित चारजना घाइते

हुम्ला । हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्ने क्रममा विमान दुर्घटनामा परेको छ । विमान दुर्घटना हुँदा चालकसहित चारजना घाइते भएका छन् ।
अरु ११ जनाको अवस्था भने सामान्य रहेको हुम्लाका डिएसपी कमलप्रसाद नेपालले जानकारी दिए । उहाँका अनुसार विमान चालक बसन्त लामा, सहचालक अनिल गुरुङ, परिचारिका प्रिया श्रेष्ठ र प्रहरी सहायक निरीक्षक यामप्रसाद दाहाल घाइते भएका छन् । उनीहरुलाई प्राथमिक उपचार पछि थप उपचारको लागि नेपालगञ्ज र सुर्खेत पठाइएको जानकारी दिए । विमान अनियन्त्रित भएर रन वे बाट बाहिर गएपछि दुर्घटना भएको हो ।

घाइतेहरूको हुम्लाकै सिमकोटमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी बास्कोटाले जानकारी दिए । अस्पतालका अनुसार घाइतेहरूको अवस्था सामान्य छ

दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति पुगेको छ । विमान धावनमार्गको छेउबाट तल्लोपट्टि खसेको छ ।