भोजपुरमा मतपेटिका ओसार्न समस्या, १२ केन्द्रकाे मतपेटिका अझै बाटोमा

भोजपुर । भोजपुरमा अझै मतपेटिकाहरु आउने क्रम जारी छ । हिजो रातीसम्ममा मतपेटिका आइसक्ने अनुमान गरिए पनि भौगोलिक विकटता र यातायातको असुविधाका कारण मतपेटिका सदरमुकाम आउन ढिला भएको हो ।
जिल्लाको ८७ वटा मतदानस्थलका १ सय ४८ मतदान केन्द्रमध्ये १ सय ३६ केन्द्रको मतपेटिका भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिका अन्तरगतका दोभाने, खाटम्मा, कुलुङ्ग, चौकीडाँडा लगायतका क्षेत्रका १२ वटा मतदान केन्द्रको मतपेटिका बाटोमा आउँदै गरेको र भरेसम्म आइपुग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस क्षेत्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाममा ल्याउने भनिएपनि राजनीतिक दलका प्रतिनिधीहरुले अस्वीकार गरेपछि पैदल र गाडीबाट ल्याइएको सुरक्षा स्रोतले जनाएको छ । जिल्लाको सबैतिर सडक सञ्जाल नपुगेको र पुगेको ठाउँमा पनि अत्यन्तै सडकहरुको अवस्था अत्यन्तै जीर्ण रहेकाले ट्रयाक्टरबाट एकदमै दुखका साथ मतपेटिका ओसारिएको छ ।
आइतवार पहिलो चरण अन्र्तगत भोजपुरमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ५८ दशमलव १३ प्रतिशत मत्र खसेको थियो । यसै विच मुख्य अधिकृतको कार्यालयले जिल्लामा संकलन भएका मतपेटिकाको सुरक्षाको लागि राजनीतिक दलहरुसँग छलफल गरेको छ । छलफलको क्रममा मतगणना नसकिएसम्म मतपेटिका सबै राजनीतिक दलका प्रतिनिधीको निगरानीमा सुरक्षा घेरामा राख्ने र सबै दलहरुले ताला समेत राख्ने निर्णय भएको छ ।