सुनिता थेगिमले कतै भेटाईनन् ठेगाना

काठमाडाै । ‘हल्कारा बतास’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा स्वयम् गायिका सुनिता थेगिम लिम्बु देखा परेकी छिन् ।

मेघराज मङ्ग्रातीले खिचेर सम्पादन गरेको भिडियोलाई कलात्मक बनाउन निर्देशक रोजा लिम्बुले राम्रै मिहिनेत गरेको देखिन्छ ।

अलग अभियन्ता प्रतिमा पाठकले लेखेको मर्मस्पर्शी गीतलाई सङ्गीतकार मण्डल साम्पाङको सङ्गीत र चाँद सिंको सङ्गीत संयोजनले जीवन्त बनाएको छ ।