संखुवासभामा मतपेटिका सुरक्षामा उम्मेदवार र कार्यकर्ताको पनि ड्युटी

संखुवासभा । दुई चरणको निर्वाचनका कारण मंसिर १० गते सकिएको संखुवासभाको निर्वाचनको मतगणना दोस्रो चरणको मतदान सकिएपछि अर्थात मंसिर २१ देखि हुनेछ ।
तत्काल गणना नहुने भएपछि मतदाता, कार्यकर्ता र उम्मेदवारलाई धैर्य गर्न गाह्रो भएको छ । मतपेटिकालाई १० दिनसम्म सुरक्षित राख्न जिल्ला स्थित सुरक्षा निकाय र जिल्ला निवार्चन कार्यालयलाई चुनौति रहेको छ ।
प्रतिनिधि सभाको लागि दुई वटा निर्वाचन क्षेत्र रहेको संखुवासभाका दुवै क्षेत्रको मतपेटीका जिल्ला समन्वय समितिको फरक फरक कोठमा राखिएको छ ।
मतपेटिकालाई जिल्ला समन्वय समितिको कार्यालयको कोठामा राखेर झ्यालढोका बन्द गरी सिलबन्दी गरिएको छ । त्यस को वरिपरि हतियारधारी नेपाल प्रहरी र शशस्त्र प्रहरीले चौबिसै घण्टा पहरा दिइरहेका छन् भने अर्का घेरामा नेपाली सेनाले पहरा दिन थालेको छ । त्यसका साथै उम्मेदवारका प्रतिनिधि र राजनीतिक दलका नेताहरुलेपनि मतपेटीलाई पहरा दिइरहेका छन् ।
मतपेटिका राखेको भवनको परिषरमा उम्मेदवार तथा प्रतिनिधिले २४ सैं घण्टा पहरा दिन थालेका छन् । उनीहरु रातीको समयमा पनि त्यहीँ बस्न थालेका छन् भने उनीहरु जिल्ला समन्वय समितिको नयाँ भन्दै गरेको भवनमा कष्टकर पुणरुपमा बसिरहेका छन् ।
सके आफू नै उपस्थिति हुने र नभएमा आफ्नो प्रतिनिधि मतपेटिका रखेको स्थानमा पठाउने गरेको गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार राजेन्द्र गौतमले बताए । नेपाली काग्रेशका तर्फबाट प्रतिनिधिसभाका उम्मेद्वार दिपक खड्काले प्रहरी प्रशासनको सुरक्षा भरदर्पो रहेपनि सुरक्षाका दृष्टिले संवेदनशील रहेकोले निगरानी बढाएको बताए ।
उम्मेदवारहरुका अनुसार राजनीतिक दल र कार्यालकर्ताको दृष्टि मतपेटिका सुरक्षामै केन्द्रित रहेको छ ।
सदरमुकाम खाँदबारीमा तिन दिन लगाएर ल्याइएको मतपेटिकाको सुरक्षाका लागि सुरक्षा निकाय जत्तिकै उम्मेदवार र उनीहरुका प्रतिनिधि अग्रसर छन् । उनीहरुको मतपेटिका राखेको भवनको छेउछाउमा बाक्लो भिड लाग्ने गरेको छ । दलहरूले पालैपालो मतपेटिकाको निगरानी गर्नका लागि कम्तीमा डेढ सय कार्यकर्ताको सूची बनाएका छन् भने दलहरुले मतपेटिका राखेको प्रत्येक कोठामा आ–आफ्नै ताला चाबि लगाएका छन् ।
मतपेटिका भने सिसिटिभी मार्फत बाहिर बाटै देख्न सक्ने गरी बन्द कोठामा सुरक्षित राखिएको छ मुख्य निर्वाचन अधिकृत प्रकास राउतका अनुसार मतपेटिका राखेको भवनको वरपरका प्रत्येक गल्ली गल्लीमा शशस्त्र प्रहरी र नेपाल प्रहरीले सेन्ट्री दिनेदेखि बाटामा दिनरातै नेपाली सेनाले गस्ती पनि निरन्तर गरिरहनेछ ।

यता प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनाव सम्पन्न भएको संखुवासभाका मतदातालाई मतपरिणाम कुर्न गाह्रो भएको छ । पहिलो चरणको चुनावको मतपरिणाम पनि दोस्रो चरणको चुनाव पछि आउने भएकोले मतदातालाई कुर्न गाह्रो भएको हो ।
चुनावमा भोट हालिसकेका मतदातालाई आफूले दिएको मतको परिणाम के होला भन्ने मनमा कौतुहलता जागेको संखुवासभाका विनोद काफ्लेले बताए । प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि जिल्ला बाहिर र देश बाहिर रहेका मतदाता पनि आफ्नो कामलाई थाती राख्दै जिल्ला आएका थिए । मतपरिणाम ढिला सार्वजानिक हुँदा उनीहरुमा निराशा छाएको स्थानीय बासिन्दाले बताएका छन् ।
जिल्ला बाहिर रहेका युवाहरु पनि चुनाव कै लागि गाउँ आएका थिए तर मत परिणम सार्वजानिक नहुँदै उनीहरु पनि आ–आफ्नो गन्तव्य तिर फर्किसकेका छन् । संखुवासभाका राजनीतिकदलका नेता कार्यकर्ता, मतदाता सबै अहिले मतपरिाणामको पर्खाइमा छन् ।