‘गुन्डागर्दी गर्नेहरुलाई उठ्नै नसक्ने बनाइदिन्छु ’डिआइजी कार्की

काठमाडौं । कलंकी, बाफल र कालिमाटी क्षेत्रलाई आधार बनाएर गुन्डागर्दी गर्दै आएका समिरमान अहिले प्रहरीको हिरासतमा छन्। केन्द्रीय अनुसन्धान व्यूरो ९सिआइवी०को टोलीले समिरसँग बयान लिइसकेको छ। प्रहरीसँगको बयानमा समिरले गौचन र तिवारी हत्या आफ्नै योजनामा भएको स्वीकार गरेको व्यूरो प्रमुख डिआइजी पुष्कर कार्कीले बताएका छन् ।

गत असोज २३ गते व्यवसायी अध्यक्ष गौचनको हत्यापछि नै समिरमानको खोजी कार्य तीब्र बनाएको डिआइजी कार्कीले बताए । डिआइजी कार्की भन्छन्, ’हामीले आफ्नो तर्फबाट खोजी गरिरहेका थियौं । केही महिनामा नै समात्न सफल भयौं।’

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदचन्द गौचन र युवा संघ रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको मुख्य योजनाकार ३४ वर्षीय समिरमानलाई केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले गत शनिवार लुकेर बसेको अवस्थामा चितवनबाट प्रहरीको फन्दामा परे ।

समिरमान र मनोज पुनलाई पक्राउ गर्न तथा गौचन हत्याको छानविन गर्ने प्रहरी प्रधान कार्यालय नक्सालले पनि डिआइजी गणेश केसीको संयोजकत्वमा ५ जनाको छानविन समिति बनाएको थियो । समितिले मुख्य योजनाकारबाहेक अन्य पाँच जनालाई पक्राउ गरे पनि समिर, मनोज पुन, लोप्साङ लामा लगायत अन्य ६ जना फरार थिए ।

केन्द्रीय अनुसन्धान व्यूरोले फरार रहेका मनोज पुनको खोजी तीब्र बनाएको छ । दुर्गा तिवारीको हत्यापछि भारतमा लुकेर देशभित्र अपराधिक गतिविधि गर्दै आएका पुनलाई पनि पक्राउ गर्न व्यूरो सफल हुने डिआइजी कार्कीले दावी गर्दै उनले भने, ‘सक्छु सबै सक्छु। एक पटक गुन्डागर्दी गर्नेहरुलाई नउठ्ने बनाइदिन्छु। संगठित गुन्डागर्दीको अन्त्य गराउँछु।’
२ वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका गुन्डा नाइके समिरमान सिंह बस्नेत पक्राउ गरेसँगै प्रहरीको मनोवल उच्च देखिएको छ।

यससँगै कार्कीले गुन्डागर्दी नियन्त्रण गर्न निपूर्ण प्रहरीको छवि समेत बनाएका छन् । न्यूज24