भोजपुर । निर्वाचन विरोधी गतिविधिमा संंलग्न भएको आरोपमा १० जना पक्राउ परेका छन् । १० जनालाई पक्राउ गरि मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको हो।
निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई कुदाकाउले, वोया, भोजपुर सदरमुकाम, अन्नपुर्ण लगाएत ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा २ जना शिक्षक समेत रहेको प्रहरी श्रोतले जनाएको छ । पक्राउ परेका उनीहरुलाई म्याद थप गरि सार्वजनिक तथा प्रकृति हेरेर मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।