धनकुटा । अपाङ्गता भएका मतदातालाई सहज रुपमा मत खसाल्न दिन यस जिल्लामा ६७ वटा मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइएको छ ।
अपाङ्गता भएकै कारण मतदानबाट वन्चित हुन परेको गुनासो आएपछि अपाङ्गतामैत्री केन्द्र बनाइएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख केवलप्रसाद रेग्मीले जानकारी दिए ।
जिल्लाका कुल ११७ वटा मतदानस्थलअन्तर्गतका १५३ वटा मतदान केन्द्र रहेका छन् । जिल्लाको कूल एक लाख पाँच हजार १८८ जना मतदाता रहेको धनकुटामा १७३ जना अपाङ्गता भएका मतदाता रहेको निर्वाचन कार्यालय धनकुटाको तथ्याङ्क छ ।