भोजपुरमा शेरधन राईलाई फराकिलो अग्रता

भोजपुर । भोजपुर वाम गठबन्धन्तर्फका नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईको अग्रता कायमै रहेको छ । प्रदेश क उम्मेदवार राईले ५ सय बढि मतले अग्रता लिएको छ ।

मूख्य निर्वाचन अधिकृतको कार्यालय, भोजपुर अदालतमा भइरहेको मतगणनामा अहिलेसम्म शेरधन राईले १ हजार ६ सय ६० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका उम्मेदवार संघिय समाजवदी फोरम नेपालका अजम्बर कार्की १ हजार १ सय ३१ मत मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेश क मा एमालेका राजेन्द्रकुमार राई पनि अगाडि छन् । यहाँ राईले ५ हजार ४ सय २३ मत र लोकतान्त्रिक गठबन्धनका गोविन्द कार्कीले १ हजार ७ सय ७ मत प्राप्त गरेका छन् ।

उता भोजपुरको प्रतिनिधिसभामा भने माओवादी केन्द्रका सुदन किरातीले ३ हजार १ सय ३ मत प्राप्त गरेका छन् भने उमेशजंग रायमाझीले २ हजार ४ सय ६३ मत प्राप्त गरेका छन् ।