
भोजपुर । पहिलो चरणको प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार भोजपुरमा बाम गठबन्धन अगाडी देखिएको छ । बिहिबार बेलुुकी ५ बजेबाट सुरु मतगणना पछिल्लो मतपरिणाम अनुसार भोजपुरको प्रतिनिधीसभा र प्रदेशसभाका ३ वटै क्षेत्रमा बामगठबन्धनका उम्मेदवारहरु अग्रपन्तीमा रहेका छन् ।
शुक्रबार बिहान सवा ९ बजेसम्मको मतपरिणाम अनुसार प्रतिनिधीसभा अन्र्तगत बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका सुदन राईले ४ हजार ९ सय ६५ मत ल्याएका छन् भने उनलाई पछ्याउँदै लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उमेशजंग रायामाझिले कुल ३ हजार ६ सय ६ मत ल्याएका छन् ।
यस्तै प्रदेशसभातर्फ भोजपुर (क)मा बामगठबन्धन नेकपा एमालेका राजेन्द्रकुमार राईको ३ हजार ७९ मत ल्याउँदा लोकतान्त्रिक गठबन्धनका ससफोबाट अजम्बर राई काङमाङले कुल १ हजार ८ सय ३८ मत ल्याएका छन् । यस्तै भोजपुर (ख) मा बामगठबन्धनबाट एमालेका शेरधन राईले कुल ८ हजार ३ सय २७ मत ल्याउँदा उनका प्रतिद्धन्दी लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द बहादुर कार्कीले २ हजार ८ सय ९७ मत ल्याएर पछ्याईरहेका छन् ।
यसर्थ सरसर्ती हेर्दा भोजपुरको क्षेत्र –ख)मा मुख्यमन्त्रीका दाबेदार एबम् पूर्वमन्त्री एमालेका बैकल्पिक पोलिटब्यूरो सदस्य शेरधन राई भारी मतान्तरले अगाडी देखिएका छन् । राईले कार्कीको कुल मतभन्दा ५ हजार ४ सय ३० मतले अग्रता लिएका छन् ।
प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनका लागि कुल १ लाख १३ हजा ८ सय ९१ मतदाता संख्या रहेको भोजपुरमा कुल ५८.०५ प्रतिशत मत खसेको थियो । कडा सुरक्षाका विच मतगणना भईरहेको मूख्य निर्वाचन अधिकृतको कार्यालय परिसर १ सय मिटर वरपर सुरक्षाकर्मी तैनाथ गरिएका छन् ।