भोजपुरमा समानुपातिकमा एमाले पहिलो

भोजपुर । समानुपातिक निर्वाचन प्रणालीमा भोजपुरमा एमाले पहिलो भएको छ । एमालेले २५ हजार ९९ मत पाएको छ ,भने नेपाली कांग्रेसले १५ हजार ७ सय १० र नेकपा माओवादी केन्द्रले ११ हजार १ सय ५४ मत पाएको छ ।

समानुपतिक तर्फ प्रदेशसभा तर्फ भोजपुर क्षेत्र ९क० मा नेकपा एमालेले १२ हजार १ सय १९ ,नेपाली कांग्रेसले ७ हजार ९ सय ६० माओवादी केन्द्रले ४ हजार हजार ९ सय ३७ मत प्राप्त गरेको छ । संघीय समाजवादि फोरम नेपालले २ हजार ६३ मत प्राप्त गरेको छ भने राप्रपाले ९ सय ५१ मत ल्याएको छ ।

त्यसैगरी प्रदेश सभा सदस्य तर्फ भोजपुर (ख) मा एमालेले ११ हजार ३ सय ३१ , माओवादि केन्द्रले ६ हजार ९३ र नेपाली काङगे्रसले ५ हजार ५ सय ४४ मत ल्याएको छ । त्यस्तै संघीय समाज वादि फोरम नेपालले १ हजार २२ मत ल्याएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टि प्रजातान्त्रिकले १ सय ४० मत प्राप्त गरेको छ । प्रतिनिधी सभाका लागि एक र प्रदेश सभा तर्फ दुई वटा निर्वाचन क्षेत्र कायम गरिएको थियो ।