भोजपुरमा प्रहरीका हाकिमबाट पुरुष म्यादी प्रहरीमाथि यौन दुव्र्यवहार

भोजपुर । जिल्लाको दक्षिणी रामप्रसाद राई गाउँपालिकास्थित मानेभन्ज्याङ्गमा पुरुषबाटै पुरुष यौन दुव्र्यवहार परेका छन्।
ड्युटीमा रहेको समयमा मानेभज्याङ्ग प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक ४७ वर्षीय रामबाबु यादवले म्यादी प्रहरीमाथि यौन दुव्र्यवहार गरेकोे खुलासा भएको छ ।
ड्युटीमा रहेका पुरुष म्यादी प्रहरीलाई गत मंसिर २१ गते राति बाथरुममा बम राखेको हुन्छ भन्दै तर्साएर यौन दुव्र्यवहार गरेको पीडितले बताए । प्रनानि यादवले ती म्यादी प्रहरीलाई बाथरुममा लगेर यौन दुव्र्यवहार गरेको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले यादवलाई जिल्लामा झिकाइएको जनाएको छ । उनीमाथि आवश्याक कारवाहीका लागि प्रक्रिया बढाइएको डिएसपी दिपेन्द्र पन्जियार थारुले बताए । विभागीय कारवाही हुने बताउँदै यस्तो कुरालाई समाचार नबनाउन थारुले आग्रह गरेका थिए ।