शेरधन राईलाई मुख्य मन्त्री बन्ने बाटो यसरी खुल्यो

भोजपुर । प्रदेश नम्बर १ का मुख्य मन्त्रीका दावेदार शेरधन राईलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । भोजपुरबाट प्रदेश सभा ख बाट निर्वाचन जितेका राईले प्रदेश (ख) बाट प्रतिद्वन्दी कांग्रेसका गोविन्दबहादुर कार्कीलाई १३ हजार २ सय २९ मतले पछि पार्दै विजयी भएपछि मुख्य मन्त्री बन्ने बाटो खुलेको हो । उनले २० हजार ३ सय ३४ मत ल्याएका छन् । खसेको ३१ हजार मतमा कार्कीले ७ हजार १ सय ५ मतमा चित्त बुझाए ।
वाम गठबन्धनले पूर्वका अधिकांस निर्वाचन क्षेत्रमा आफ्नो बर्चस्व कायम गरेपछि उम्मेदावारी दिँदा दिंदै राईले मुख्य मन्त्रीका दावी गरेका थिए । ४५ वर्ष लागेका उनी हालसम्म अविवाहित छन् । हाल एमाले पोलिट्ब्युरो सदस्य छन् । भोजपुरबाट शिक्षा दिक्षा लिएका राई हाल प्रदेश उप प्रमुख छन् । उनको दावीलाई भोजपुरको प्रदेश सभाले निश्चित गरेपछि उनी झन् ढुक्क भएका छन् । यद्यपि, सुनसरी क्षेत्र न १ खबाट एमालेका भिम आचार्यले मुख्य मन्त्रीको दावेदार रहेका छन् । तर पार्टी भित्रको अवरोधलाई राईले सहजरुपमा समाधान गर्ने बताए । उनले भने, ‘मलाई प्रदेश नम्बर १ को मुख्य मन्त्री बन्नका लागि पार्टीभित्र कुनै अप्ठ्यारो होला जस्तो लाग्दैन ।
अरुले पनि दावी गरेपनि आखिरमा मुख्य मन्त्री त मै हुं ।’ उनले आफ्नो दावीलाई पार्टीले संस्थागत रुपमा प्रक्रिया पुर्‍याएर पुरा गरिदिने पनि बताए । उनले आफु मुख्य मन्त्री बन्नका लागि धेरै आधार रहेको बताए ।
पार्टीमा महत्वपुर्ण भूमिका खेलेको, संसदीय समितिको सभापति भएको, सरकारको सञ्चार मन्त्री भएर प्रवक्ता भएको, र प्रदेश नम्बर १ को जातिय, क्षेत्रीय, लिङ्गीय संवेदनशीलता आफुले बढी बुझेकाले उपयुक्त मुख्यमन्त्री आफु नै भएको दावी गरे । उनले प्रदेश नम्बर १ लाई कसरी समृद्ध नमूना प्रदेश बनाउने भन्ने खाका र योजना तयार गरिसकेको पनि बताए । उनले भने, ‘मलाई कुनै पदलाई भर्‍याङ बनाएर स्वार्थ र लोभ लालच गरेको भनेर कसैले प्रश्न गर्न सक्छ भन्ने मलाइ लागेको छैन ।’
दुई पटक सांसद र एक पटक सञ्चारमन्त्री भइसकका राईले विजयी भएपछि उनले भने, ‘मैले त्यसै प्रदेश सभामा उम्मेदवारी दिएको होइन । पार्टीको हाइकमाण्ड देखि सबैसँग रायसल्लाह लिएर मुख्य मन्त्रीकै लागि प्रदेशसभामा उम्मेदवारी दिएको थिएं ।’
विद्यार्थी राजनीति हुदै जनमतसंग्रहकै पालादेखि एमाले राजनीतिमा होमिएका थिए । उनले भने, ‘अव मुलुकमा स्थिर सरकार बन्ने भएकाले संक्रमणकालिन अवस्था हट्ने हुनाले जिल्ला, क्षेत्र र प्रदेशभरी विकास निर्माणमा तीव्रता आउने छ । पूर्वको माटोसबैको सल्लाह, परामर्श लिएर काम गर्नेछु,’ उनले भने ।
मुख्यमन्त्रीको दाबी सहित उठेकाले नमुना प्रदेश बनाउने, उत्तरी दिंला–संखुवासभा हुदै किमाथांका नाका जोड्ने योजनालाई प्राथमिकतमा राखेको बताए । यसअघिका भएका ०१५ सालबाहेकका निर्वाचनहरु ०४८, ०५१, ०५६, ०६४ र ०७० मा बामपन्थिले एकछत्र जित हात पार्दै आएका बेला यसपल्ट पनि दुवै प्रदेशमा उसैको जित कायम रहेको छ । जितसंगै जारी संविधानको कार्यान्वयन गर्ने, स्थायी शान्ति, राजनीतिक स्थिरता र देशमा सुशासन कायम गर्ने उनले बताएका छन् ।