भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताले आफूलाई गरेको विश्वास र दिएको जिम्मेवारीबाट विमुख नहुने बताएको छ।
बधाई तथा शुभकामना दिन आज ओली निवास बालकोटमा पुग्नुभएका नेपाली चलचित्रका चर्चित नायक राजेश हमालसँग कुरा गर्दै उहाँले राष्ट्रियताको अडानले आम नेपालीलाई उत्साहित बनाउँदै आफूलाई दिएको जिम्मेवारी पूरा गर्ने बताए ।
ओलीले भने, “जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु, देश र जनताका निम्ति मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन ।”
अध्यक्ष ओलीले चलचित्र नायकहरुले चलचित्रको अभिनयमा मात्र सीमित नभई देश बनाउनका लागि पनि भूमिका निर्वाह गर्नुपर्ने बताउए ।
नायक राजेश हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ति र विकासको महायात्रामा अगाडि बढाउनु पर्ने भन्दै शुभकामना दिए । देशका लागि आवश्यक पर्दा आफू जुनसुकै सहयोग गर्न तयार रहेको हमालले बताए।