धरान । पर्यटकीय गन्तव्य स्थलको रुपमा चिनिएको धनकुटाको भेडेटारमा छैठोै भेडेटार फुड फेस्टिवल पौषमा हुने भएको छ । पर्यटक प्रवर्दनको लागि प्रत्येक बर्ष आयोजना गरिदै आएको फेस्टिवल आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित सदा झै यस बर्ष पनि अंग्रेजी नया बर्षको अवसरमा पौष १६ देखि १८ गतेसम्म तीन दिन आयोजना भएकोछ ।
सागुरीगढी गाउपालिकामा पर्ने धनकुटामा रहेका अन्यन्तै आकर्षक पर्यटकीय स्थल शैलुङ्ग डाडा, पाथीभरा मन्दिर, शंखेश्वर मन्दिर, भेडेटार पार्क, नजिकै रहेको आत्मघर, थुम्कीमा रहेको सूर्यदय वौद्ध पार्क, सिम्सुवा झरना (नमस्ते झरना), नाम्जेमा रहेका होमस्टे, ओख्रे भ्यु टावर, ध्वजे डाडा, अजङ्गको बरको रुख, थाउजेन विग बुद्ध लगायत भेडेटार वरपर रहेका दर्जनौ भन्दा बढी पर्यटकीय स्थलको जानकारी गराउदै पर्यटकलाई आकर्षित गराउन यस बर्ष पनि तीन दिने भेडेटार फुड फेस्टिवलको आयोजना गर्न लागिएको होटल एसोसिएसन भेडेटारका अध्यक्ष लिलाराज लावतीले बताए ।
छिनछिनमा मौसम परिवर्तन हुने भेडेटार मौसमका कारण पनि रमणीय स्थल भएपनि पर्यटकहरु यस सम्बन्धि अनविज्ञ हुने गरेकाले भेडेटारको प्रचारकै लागि होटल एसोसिएसनले प्रत्येक बर्ष अंग्रजी नया बर्षको समयमा फुड फेस्टिवलको आयोजना गर्नेै गरेको होटल एसोसिएसन भेडेटारका सचिव जितेन राईले बताए ।
आन्तरिक तथा वाह्य पर्यटकको आगमनमा वृद्धिसंगै भविष्यमा यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थान लागि पर्यटन, होलट व्यवसाय, होमस्टे, यहा रहेका व्यवसायीहरुको जीवन स्तर उकास्दै कृषि सास्कृतिक र शिक्षा क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा समेत आयोजकले राखेको छ । विभन्न जातीय खानाको स्टलसमेत रहने महोत्सव अवधिमा २० देखि ३० हजार पर्यटक भित्र्याउने र१ करोड भन्दा बढीको कारोबार गर्ने लक्ष्य आयोजकले गरेको छ । महोत्सवमा ख्यातिप्राप्त गायक राजेश पायलसहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।