काठमाडौं । साहित्य क्षेत्रमा हामीले स्थापित साहित्यकारहरुको नाम सुन्दै आईरहेका छौ । तर यतिबेला निकै चर्चाको शिखरमा रहनु भएका साहित्य क्षेत्रका एक साहित्यकार हुनुहुन्छ लक्ष्मीकला राई ‘जुनकीरी’ । उहाँबाट सृजित साहित्य रचनाले नेपाली साहित्यमा नयाँ आयाम दिनसक्छ । किनभने उहाँको सृजनाले एउटा नौलो छलाङ मारिरहेको छ ।
सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो सृजनाहरु पकिस्दै आएकी जुनकीरी अहिले विभिन्न पत्र पत्रिकामा समेत आफ्नो सृजना कोर्न भ्याई रहेकी छिन् । एउटै विषय वस्तुमा आधारित भएर वास्तविकतालाई चित्रण गर्न सक्ने क्षमतालाई हामीले उहाँको सृजनाहरुबाट अनुभुत गर्न सक्छौ । प्रकृति प्रेम, धर्म संस्कृति , जातिय पहिचान , नेपालीको मौलिकतालाई विशेष आधार बनाएर सृजना लेख्ने उनी सानै उमेरमा साहित्य क्षेत्रमा कलम चलाउन थालेकी हुन् ।
लक्ष्मीकला राई ‘जुनकीरी’ वि.स. २०५६ साल साउन २० गते भोजपुरको छिनामखु गाविसमा जन्मिएर हाल काठमाडौंमा नै बसोबास गर्दै आएकी छिन् । अध्ययनको अलवा साहित्य क्षेत्रमा कलम चलाउने उनी निरन्तर नयाँ नयाँ साहित्यिक सृजना पस्किरहेकी छिन् ।
उनले हालसालै मात्र बजारमा उनबाट रचित पुर्वेली लोकभाका गित सार्वजनिक गरेकी छिन् । राजु आङ्देम्वे र सुनिता थेगिमको स्वरमा रहेको ‘ए हाङमा हजुर’ गितलाई बजारमा ल्याएकी जुनकीरीले खवरट्वीटसगँ कुरा गर्दै भनिन् । “बास्तवमा साहित्य भनेको गित संगित, रचना, लेखन, प्रतिभा आदि पर्दछन्, हो त्यसै मध्येको लेख्नुमा मेरो इच्छाशक्ती पैदा भैरहेको छ। त्यसमध्ये गित पनि लेखें । यो गित लेख्नुमा पनि एउटा परिस्थिती थियो । आदरणीय संगितकार तथा गायक राजु आङ्देम्बे लिम्बू दाजुले एउटा भाका लेखिदिनुहोस् भन्ने अनुरोधलाई स्विकारेको मात्र हो ।”
अर्को प्रसंगमा उनी भन्छिन् “गित भन्नू भन्दा पनि म यसलाई लोकभाका अर्थात् पुर्बेली भाका भन्न रुचाउछु। संगित तर्फबाट पनि म आफ्नै मौलिकताको कुरा गर्न चाहन्छु, पहिचानको पक्षलाई उतार्ने मेरो इच्छा हो। प्रस्तुत भाकाले यहि हाम्रो मौलिक प्रेमलाई देखाउन खोजेको छ ।
यस पुर्वेली भाकाको बारेमा खुशी व्यक्त गर्दै उनले भनिन् “हाल यो भाका सार्बजनिक भएकोमा म अत्यन्तै खुसी छु । सबैजनाले मन पराइदिनुभएको छ। अपबादमा कोहि कोहि होलान्, तर समग्रमा सबैले राम्रो भनी प्रसंसा र उत्प्रेरणा दिइरहनु भएकोले म धेरै नै खुसी छु।”
उनिबाट लिखित पहिलो सांगीतिक कोसेली यस्तो छ ।
(पूरा भिडियो हेर्नुस्)