अनिशा मोक्तानका मुक्तकहरु

भोजपुर । सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो सृजनाहरु पकिस्दै आएकी अनिशा मोक्तान अहिले विभिन्न पत्र पत्रिकामा समेत आफ्नो सृजना कोर्न भ्याई रहेकी छिन् ।

एउटै विषय वस्तुमा आधारित भएर वास्तविकतालाई चित्रण गर्न सक्ने क्षमतालाई हामीले उहाँको सृजनाहरुबाट अनुभुत गर्न सक्छौ । प्रकृति प्रेम, धर्म संस्कृति , जातिय पहिचान , नेपालीको मौलिकतालाई विशेष आधार बनाएर सृजना लेख्ने उनी सानै उमेरमा साहित्य क्षेत्रमा कलम चलाउन थालेकी हुन् ।

उनिबाट लिखित सृजनाहरु यस्ता छन्:-

उदाहरण दिएर आकाश र जूनको कुरा नगर भो
आधा पित्तल मिस्सिएको सुनको कुरा नगर भो
छोडेर जानेलाई निष्ठुरी नै भनेर भन्छौ भने तिमी
मेरो अगाडि अब कहिल्यै उनको कुरा नगर भो

चिसोचिसो पानी
हाम्रो जिन्दगानी
साच्चिकै अनौठो
व्यथा र कहानी

जिन्दगी त जन्जिरमा हुन्छ नि, हैन र
खुसी वा दुखी त तक्दिरमा हुन्छ नि, हैन र
कर्म अनि संघर्ष आफूले गर्दै गएपछि
जिन्दगी आफैँ स्थिरमा हुन्छ नि, हैन र

चाल्दै जाँदा पाइलाहरु
रोकिदिन्छन् यादहरु
छल्दै जाँदा जिन्दगीले
जलिदिन्छन् शत्रुहरु

मनमा केही आश हुन्छ रे
जब कोही खास हुन्छ रे
जब एकले बुझ्दैन अर्कोलाई
अनि जिन्दगी बक्वास हुन्छ रे

निधारमा सप्तरङ्गी टीका लगाउनु है
गलामा सयपत्री र मखमली फूलको माला सजाउनु है
मादलको तालसँगै मिठो झ्याउरे भाका गाउदैँ
देउसीभैलो तिहारमा खुसीसाथ मनाउनु है

अनेकौँ बहाना गरेर बोल्न नखोज
चितामाथिको लास सम्झेर पोल्न नखोज
यदि तिम्लाई इतिहास नै था छैन भने
विभिन्न षड्यन्त्र गरेर पोल खोल्न नखोज

सबै नामी हुन्न, मलाई था छ
सबै दामी हुन्न, मलाई था छ
हेर्दा जति देखिन्छ खासमा त्यति
सबै बेकामी हुन्न, मलाई था छ

बाउलाई ससुराली अनि आमालाई माइती पठाएर
पाहुना आए खान दिन्छु नि सबैलाई पकाएर
गाईवस्तु हेर्दै पानी घाँस दिदैँ फुर्सद मिल्यो भने
बस्छु नि म पनि अनलाइन मोबाईलमा फेसबुक चलाएर

लजाएर हेर्छौ तिमी, किन मलाई थाहा छैन
सधैँ नजर झुकाएर हेर्छौ तिमी, किन मलाई थाहा छैन
भन्दैनौ केही कुरा, मनभित्र रोप्ने हो कि छुरा
सधैँसधैँ चियाएर हेर्छौ तिमी, किन मलाई थाहा छैन

दु:खका दिनहरु भुल्नु कसरी
काँडाकाे बिचमा फुल्नु कसरी
मनभित्र अनेकौँ पिर व्यथा बोकी
बाहिर हाँस्दै अरु सामु डुल्नु कसरी

सत्य कुरा लुक्दैन
झुटाे कुरा धेरै दिन टिक्दैन
सत्यवादीहरु कहिल्यै पनि
इज्जत फाल्न पैसामा बिक्दैन

लेख्छु एउटा कुरा, पढ्छौ भने तिमी
बाटो हिड्दा लठ्ठी बोक्नु, लड्छौ भने तिमी
असल साथीको संगत गर्नु अनि सहयोग लिनु सधैँ
कर्तव्य पथमा निरन्तर अघि, बढ्छौ भने तिमी

कि त आफ्नो जोइ सम्हाल कान्छी
हैन भने आफ्नो पोइ सम्हाल कान्छी
सबैभन्दा पहिले नभाको आरोप लगाई
मनपरी भन्ने मुख सम्हाल कान्छी

किन होला कसैले बुझ्दैन
सत्य कुरा कसैलाई पच्दैन
किताबी अनुहार नहेरी त
अन्तिम गाँसदेखि भात पनि रुच्दैन

भगवान खुसी बनाउन मन्दिरमा धाउँछन्
भाको नभाको खोजीखोजी मूर्तिमा चढाउँछन्
यस्तो र त्यस्तो भन्दै सभामा भाषण गर्नेले नै
आफ्नो बाबा आमालाई वृद्दाआश्रममा पठाउँछन्

एक हातले मात्र सधैँ बज्दैन नि ताली
ओठ राम्रो पार्न हजुर लाउदैँन नि लाली
फेसन गर्दै हिडे पनि असल काम गरे त
कोहि कसैले कहिल्यै पनि पाउदैँन नि गाली

सहरिया भनेर नभन मलाई गाउँघरमा जन्मेरै हुर्केको मान्छे म
साग सिस्नुसँग मकैको भात अनि कोदोको ढिडाे खाएरै हुर्केको मान्छे म
सहरमा रमाउन बानी परेको भनेर तुच्छ वचनको आरोप नलगाउ भो मलाई
गाउँघरमा खेतीपाती मेलापात अनि घाँस दाउरा गरेरै हुर्केको मान्छे म

जीवनमा आउने दु:खको आँधीलाई छेक्न कहाँ सकिन्छ र
सारा मनभित्रको पिर व्यथालाई लेख्न कहाँ सकिन्छ र
मन्दिरमा गएर के पूजा गर्छौ पापी हो मन्दिरमा त भगवानको
मूर्ति मात्रै हुन्छ तर ईश्वरको वास्तविक रुप देख्न कहाँ सकिन्छ र