
भोजपुर । जिल्लाको पश्चिमी टेम्के मैयुङ्ग गाउँपालिका–२ छिनामखुको कुवाने डाँडादेखि भोजपुर सदरमुकामसम्म ट्याक्सी सञ्चालन हुने भएको छ । सगरमाथा ट्याक्सी व्यवसायी संघले भोली देखि दैनिक २ ओटा सञ्चालन गर्ने भएको हो ।
टयाक्सी छिनामखुबाट विहान ७:३० वजे भोजपुरबाट दिउँसो ३ वजे छुट्ने सञ्चालन हुने संघले जनाएको छ । राजनैतिक दल, स्थानीय लगाएतले छिनामखु पुगेको सगरमाथा ट्याक्सी व्यवसाथी संघका व्यक्तीहरुको समुहलाई भव्य स्वागत गरेका छन् । साथै यातयात सञ्चालनमा सहजता प्रदान लागि जंगनाथ राईको अध्यक्षतामा ९ सदस्य समिति समेत गठन गरिएको छ ।