साहित्यकार रामजित राई ‘तुफान’ को मुक्तक र गजलहरु

भोजपुर । साहित्यमा कलम चलाउन खोज्ने मानिसहरु च्याँउ सरि पाईन्छन् तर कसैले बुझेर मात्र कलम चलाउछन् त कसैले नबुझेर कलम चलाउछन् । रामजित राई ‘तुफान’ साहित्य क्षेत्रमा निकै प्रखर छन् । नवरङ्ग साहित्य कला प्रतिष्ठान सोया भोजपुरको उपाध्यक्ष जस्तो पदमा रहेर काम गरिरहेका तुफानले सानै उमेर देखि साहित्य क्षेत्रमा कलम चलाउन थालेका हुन् ।

रामजित राई ‘तुफान’ भोजपुरको होम्ताङ गाविसमा जन्मिएका हुन् । उहाँले सानै उमेर देखि साहित्य लेखन गरेर आत्माको खडेरी कविता संग्रह -२०६३, खुल्दुली गीति एल्बम -२०६४ प्रकाशन गरिसक्नु भएको छ । साथै नेपाली कथानक चलचित्र आई लभ यु को लागि संगित समेत गरिसकेका छन् । म तिमीलाई माया गर्छु जस्ता काल झैं गित लेखी संगित समेत भरेका तुफान भोजपुरका लागि आशा लाग्दो प्रतिभावान साहित्यकार , गितकार तथा संगितकार हुन् ।

बैंकिङ सेवामा कार्यरत रामजित राई बेला बेलामा आफ्नो साहित्य सृजना पस्किरहन्छन् । उहाँबाट रचित केही रचनाहरुलाई प्रस्तुत गर्ने प्रयास गरेका छौं ।

(मुक्तकहरु)

जीन्दगी कच्चा सिसा हो जतिखेर नि फुट्न सक्छ ;
हिड्दा हिड्दै गोरेटोमा सास पनि टुट्न सक्छ ।
त्यसैले हिजो आज यो ज्यानलाई माया गर्नै छोडे;
लाग्छ कहिले कहि तनाव ले नै यो ज्यान लुट्न सक्छ ।।


रातो टिका जमरा मा सबको खुशी भरोस अब
दु:ख पिडा भएजती सबको पाखा परोस अब ।
घाटी हेरी हाड निल्ने बानि सबको हुनुपर्छ
कुसंस्कार र कुरिती चै खुशी सङ्गै मरोस अब।।


उनले भेट्न बोलायो, तर उन्लाई अर्कै सङ्ग भेटे मैले
पीडा सहन नसकी एक्कासी आफ्नै घाँटी रेटे मैले।
उन्ले मलाई पटक पटक शरीर सुम्प्यो तर पनि
आफ्नै आशुले सपनाको महलहरु आज मेटे मैले ।।।


मान्छे एक दिन कहाँ पुगिएला भाबिको हातमा छ
तर सम्झनाको पोकाहरु आ आफ्नो साथमा छ।
समय गतिशिल छ, कुन मोड मा के हुने हो थाहै हुन्न
जाह पुगे पनि स्मरणका छडीहरु आ आफ्नो माथमा छ ।।


हिजो को त्यो हाम्रो यात्रा पिरतीको ताल थियो
अजमबारी छल्किरहने प्रेमरुपी छाल थियो ।
कहिकतै ठेस लाग्दा मलम पट्टि गर्नै नपर्ने
स्मरण का छडिभित्र बिगत हैन हाल थियो ।।

(गजलहरु)

कुहिरो मा खेलेका पलहरुले सतायो आज मलाई ।
बैसले फलाको फलहरुले मतायो आज मलाई ।।

के सच्चै जिन्दगी भर साथ दिन्छौ भन्नेहरुको यहाँ ।
आश्वासन को बलहरुले लतायो आज मलाई ।।

मेरो लागि उन्को माया नाटक रहेछ भन्ने कुरा ।
उन्ले लाउने सलहरुले बतायो आज मलाई ।।

मेरो फोन आज उस्ले पटक पटक काटिरहदा ।
बिगतका ती फोन कलहरुले ततायो आज मलाई ।।


मान्छे जन्मिछ एकदिन मर्नलाई ।
कसैको रहर हुन्न संकटमा पर्नलाई ।।

समस्याको गोरेटोमा हिड्दा हिड्दै ।
बिर्सनु हुन्न साहसरुपि बीउ छर्नलाई ।।

जिन्दगी आफैमा पुर्ण छैन त्यसैले ।
छोड्नु हुन्न जिन्दगीमा रंग भर्नलाई ।।

चौबाटो रुपि जिन्दगीको गोरेटोमा ।
गल्नु हुन्न सधैं सधैं यात्रा गर्नलाई ।।

सानो ठुलो कोहि हुन्न दुनियाँमा ।
लठ्ठी नि चाहिन्छ खोला तर्नलाई ।।