देशकै पहिलो योजनाबद्ध नगर बन्दैछ खोटाङको रुपाकोट मझुवागढी

काठमाडौं । खोटाङको रुपाकोट–मझुवागढी नगरपालिका देशकै पहिलो योजनाबद्ध नगर बन्ने भएको छ । स्विस दूतावासको सहयोगमा स्थानीय विकास मन्त्रालयले योजनाबद्ध नगरको लागि पहिलो पाइलिड गर्दैछ ।

योजनाबद्ध नगर निर्माणका लागि ५ बर्षभित्र गर्ने कामको योजना बनाउन विज्ञबाट काम शुरु भएको छ । यसका लागि पूर्वसचिव गंगादत्त अवस्थीलाई विज्ञ तोकिएको छ ।

७५३ स्थानीय तह मध्ये पहिलो पाइलटिङ खोटाङमा हुन लागेको हो । जसअनुसार पाँच बर्षको अल्पकालीन र दीर्घकालीन योजना तयार गरिने छ । योजना बनेपछि बजेट बनाउन प्राथमिकता तोकिने योजनाबद्ध नगरको अवधारणा हो ।

के हो योजनाबद्ध नगर ?
स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्र सिंह तामाङले योजनाबद्ध नगर निर्माण कार्यको सहजीकरण गरेका छन् । तामाङका अनुसार योजनाबद्ध नगर, नगरपालिकाले सडक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ, पर्यटनको विकासका लागि बस्ती स्तरदेखि योजना छनौट गरेर नगरसभा आयोजना गरेको छ । नगरपालिकाका १५ वटै वडामा १२ महिना बाटो सञ्चालन गर्नेगरी सडक स्तरोन्नती गर्ने, मझुवागढी देविस्थान, रुपाकोट र भुलभुलेमा पर्यटन पर्वधन गर्ने कामको शुरुवात भएको नगरपालिका मेयर दीपनारायण रिजालले जानकारी दिए ।

सदरमुकाम दक्तेल बजारमा बाटो पिच गर्ने, टेलिफोनको तार, खानेपानी पाइपलाई भूमिगत गर्नेगरी प्रत्येक वडामा ३० लाख भनदा ठूला पूर्वाधारका कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए । सडक, विद्युतीकरण, खानेपानी प्राथमिकता दिएर सरसफाइयुक्त नगर बनाउने गरी फोर आर ९रिसाइकल, रियुज।।०को फोहोर व्यबस्थापन नीति बनाइएको छ ।

रोजगारी सृजना गर्नका लागि बुइपास्थित पञ्चेदोबाटोमा कृषि बजार व्यबस्थाप गर्न एक करोडको लागतमा कृषि बजार स्थापना हुँदैछ ।

गैर सरकारी संस्था महासंघको केन्द्रीय सदस्य समेत रहेर सामाजिक सेवामा क्रियाशील मेयर रिजाल सीमित स्रोत साधनका कारण जनताको अपेक्षा अनुसारको काम गर्न कठिन भएको अनुभव सुवाउछन् ।

‘व्यक्तिका इच्छा आकाक्षा पूरा गर्न नसकेपनि केही परिवर्तन गर्न सकिन्छ भन्ने आत्मविश्वास छ’ रिजालले लोकान्तरसंग भने, ‘कर्मचारी व्यबस्थापन समयमा हुन नसक्नु अहिले जनप्रतिनिधिको मुख्य चुनौती र समस्या हो ।’

गरे प्रतिबद्धता पूरा !

मेयर रिजालले एक सय दिनमा गरेका उपलव्धी सार्वजनिक गरेका छन् । उनले सयदिनको उपलव्धी नगरसभा मार्फत सार्वजननिक गरेका हुन् । गएको असार १८ गते सपथ ग्रहण कार्यक्रममा मेयर रिजालले भ्रष्ट्राचारविरुद्ध शून्य सहनशिलताको नीति अख्तियार गर्ने बताएका थिए ।

मेयर बनेपछि उनले रुपाकोट मझुवागढी नगरपालिकाको नामको अगाडि दिक्तेल थपगरि ‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका’ बनाउने लगायत वाचा पूरा गरेका हुन् ।

जालपामा बर्थिङ सेन्टरको स्थापना, दिक्तेल हस्पिटल चौक बाट दुमुली जाने सडक निर्माण, नमुना बालमैत्री सिकाईलाई विस्तार गर्ने लगायत कामको शुरुवात उनले गरेका छन् । लाेकान्तरबाट