भोजपुरमा एक महिने रमाइलो मेल पौष १४ मा

भोजपुर । पौष १४ देखि माघ ६ गतेसम्म भोजपुर रमाइलो नगर मेला शुरू हुने भएको छ । भोजपुरको पर्यटनलाई मध्यनजर गर्दै मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।
एक महिनासम्म सञ्चालन हुने मेलामा राष्टिय कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । मेलामा रोटे पिङ्ग, ड्रागन, वालवालिकाहरुको लागि घोडा रेस मुख्य आकर्षक रहेको छ ।
मेलामा निःशुल्क डेन्टल सम्वन्धी चेक जाँच तथा दाँत झिक्ने पौष २२, २९ र माघ ६ गते हुने छ भने पौष २२ गते र माघ ६ गते आँखाको निःशुल्क जाँच गरिने राजित राईले बताए । एक महिना सम्म सञ्चालन हुने मेलामा कृषि प्रदर्शनी, स्थानीय स्तरमा उत्पादन गरिएको खुकुरी, मादल, राडीपाखी तथा करुवाको विशेष प्रदर्शनी हुने राईले बताए ।
हस्ताकलाको प्रदर्शनी तथा मनोरञ्जनात्मक कार्यक्रमरहेको आयोजकले जनाएको छ । यो मेलालाई डबली मेलाको चिनिदै आए पनि पछिल्लो समय रमाइलो मेला भनेर चिनिने गरेको छ ।

कार्यक्रमबाट संकलित रकम असाय अशक्तहरूकाे लागि सहयाेग गरिने अायाेजकले जनाएकाे छ ।