भोजपुर । जिल्लाको पश्चििमी सिद्धेश्वरमा मध्यपहाडि लोकमार्गको सोमबार अनुगमन गरीएको छ । भोजपुर नगरपालिका–४ मा पर्ने सेराखोलाबाट डङ्के हुदै, स्मृती चोक, गुप्तेश्वरको सीमानामा पर्ने चम्पीरे खोलासम्मको सडक अनुगमन गरीएको हो ।
लोकमार्गमा पर्ने सडकमा निमार्णका क्रममा काम ढिलो भएको र प्रयोग गरीएका सामाग्रीहरु गुणस्तर हिन भएको स्थानीयको गुनासो बेढेपछि सोमबार वडा अध्यक्ष लगाएतको टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा स्थानीयको गुनासो अनुसार नै टुटीहरु फेला परेको वडा अध्यक्ष प्रेम बहादुर भण्डारीले वताए । निर्माण कार्यमा प्रयोग गरीएको सीमेन्ट, वालवा लगाएतका सामग्रीहरु मापडन्ड वितरित प्रयोग गरेको पाईएको भण्डारीले जानकारी दिए ।
सडक बिस्तारका क्रममा विद्युत बिस्तारका लगाी गाडिएको पोलमा क्षती पुगको र सो पोलको पूननिमार्ण सडक योजनाले नै गर्दिने इन्जिनयर रविन्द्र मर्हजनले जानकारी दिए । अुनगमनमा वडा सदस्य ज्ञान वहादुर वस्नेत, सडक आयोजनाका इन्जिनियर रविन्द्र मर्हजन, स्थानिय, सञ्चारकर्मी लगाएतको सहभागीता रहेको थियो ।