भोजपुर सेवा समाज मलेसियाको एेतिहासिक वार्षिकोत्सब सम्पन्न (फोटो फिचर)


मलेसिया । वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका भोजपुरेहरुको साझा संगठन भोजपुर सेवा समाज मलेसियाले एेतिहासिक वार्षिकोत्सब प्रथम सम्पन्न गरेको छ । हिजो भोजपुर सेवा समाज मलेसिया स्थापना भएर दोस्रो वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रम मलेसियाको राजधानी कोतराया स्थित फाईभ इलामेन्ट चाइना टाउनमा बिहान ११ बजेबाट सञ्चालन भएको थियो ।

भोजपुरको भोटेपसलमा भएको भिषण आगोलागीबाट घरबार बिहिन भएका अग्नि पिडित भोजपुरेहरुको सहयोग गर्ने उदेश्यले पहिलो पटक मलेसियाका भोजपुरेहरु संगठित भएका थिए । अग्नि पिडितलाई ठुलो सहयोग गर्न सफल भएका मलेसियाका भोजपुरेहरु अार्थिक सहयोग गरिसकेपछि के गर्ने भन्ने कुरामा अन्यौल परेका थिए । तर अग्नि पिडित सहयोग संकलन अभियानमा मुख्य अभियान्ता रुपमा लागि परेका भोजपुरको पौवादुङमा गाउँपालिका वडा न: १ का राम बहादुर तामाङले त्यस अभियानमा संलग्न सबैलाई संगठित गराउदै भोजपुर सेवा समाज मलेसिया स्थापना गर्ने निधो गरेका थिए ।

उनको त्यो प्रयास सन् २०१६ डिसेम्बर २४ तारिखका दिन मलेसियाको राजधानी कोतरायाको एक होटलबाट भोजपुर सेवा समाज मलेसियाको स्थापना भएको थियो । राम बहादुर तामाङको अध्यक्षतामा बनेको पहिलो तदर्थ कार्यसमितिमा सचिवमा निमाराज तामाङ चयन भएका थिए । ११ सदस्य सहित १ सल्लाहकार समिति बनेको भोजपुर सेवा समाज मलेसिया निरन्तर मासिक रुपमा बैठक बस्दै संगठित हुँदै गएको हो ।

भोजपुर सेवा समाज मलेसिया स्थापना भएपश्चात् निरन्तर दिर्घ रोगी , दैविक प्रकोपबाट पिडितहरुलाई सहयोग गर्दै आईरहेको छ । यस संस्थाले भाेजपुरमा भएको भिषण अागाेलागि बाट पिडितहरुलाइ ५१ हजार ९ सय सहयोग गरेको थियो । त्यस्तै गरि भाेजपुरको हतुवागढिका ब्रेनम्युरो रोगि पिडित ६ वर्षिय बालिका सिमरन राईलाई मेराे प्याेराे भाेजपुर ग्रुप र भाेजपुर सेवा समाजकाे सहकार्यमा ६९ हजार ९ सय १० सहयोग गरेको थियो । रसुवा जिल्ला घर भई राेजगारीकाे सिलसिला मलेसिया पुगेका अाईतराम तामाङ सडक दुर्घटनामा परि दायाँ खुट्टा भाचिएका पिडितलाई १३ हजार ५ सय सहयोग गरेको थियो । भाेजपुर जिल्ला चम्पे घर भएका ८ बर्सिया श्रष्टि मगरलाई समेत १३ हजार ९ सय आर्थिक सहयोग गरको छ ।

एेतिहासिक प्रथम वार्षिकोत्सबमा मलेसियाको विभिन्न नेपाली संघ संस्थाहरुको प्रतिनिधिहरुको उपस्थित रहेको थियो । एन आर एन मलेसियाका उपाध्यक्ष टेक धिक्त, जनजाती महासघं मलेसियाका अध्यक्ष पिटि शेर्पा, तामाङ समाज मलेसिया चक्र तामाङ, नेपाल मगर समाज मलेसियाका रमेश मगर, रेस्टुरेन्ट व्यावसायिकका दिलकेरूङ्ग लिम्बू , कराते खेलाडी याेगेन्द्र कोईराला अतिथिको रुपमा उपस्थित भएको थियो । सम्पूर्ण अतिथिहरुले उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो । साथै मलेसियाका रहेका कलाकारहरु समेत कार्यक्रममा उपस्थित भएका थिए । कलाकारहरुले कार्यक्रममा सांगेतिक मनोरञ्जन दिलाएका थिए ।

आगामी दिनमा संस्थालाई नेपालको कानुन बमोजिम दर्ता गराएर सहकारी संस्थाको रुपमा स्थापना गराउने संस्थाको उदेश्य रहेको समाजका अध्यक्ष राम बहादुर तामाङले बताउनु भयो । भोजपुर सेवा समाज मलेसिया विशुद्ध नेपालीहरुको सेवामा समर्पित भएको कुरा समेत बताउनु भएको छ । संस्थालाई विकास गराएर नमुना योग्य काम गर्न अगाडि बढिरहेको कुरा समेत बताउनु भएको हो।

उक्त एेतिहासिक प्रथम वार्षिकोत्सबको सभापतित्व समाजका अध्यक्ष राम बहादुर तामाङले गरेका थिए । कार्यक्रमलाई समाजका सह सचिव रबिन राईले सञ्चालन गरेको जानकारी समाजका सचिव उत्तम राईले बताउनु भयो । हाल भोजपुर सेवा समाज मलेसियाको १७ सदस्यीय समिति रहेको समेत उहाँले जानकारी दिनु भएको छ ।