भोजपुरका कुन–कुन गाउँपालिकाको नयाँ भवन बन्दै छ

भोजपुर । ट्याम्के मैयुङ गाउँपालिका र आम्चोक गाउँपालिकाको नयाँ कार्यालय भवन बन्ने भएको हो । भुकम्प पुननिर्माण प्राधिकरणको सहयोगमा निर्माण हुने गरि जिल्ला समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

दुवै गाउँपालिकाले भवन निर्माणको लागि जग्गा समेत व्यवस्थापन गरेकोले भवन निर्माण लागि छनौटमा परेको टेम्केमैयुङ्ग गाउँपालिकाका अध्यक्ष धुर्वराज राईले वताए । गाउँपालिकाको भवनसंगै थप दुई वटा वडाको भवन समेत बन्ने भएको छ ।

पौवादुम्मा गाउँपालिका –३ तिवारीभञ्जाङ्ग र साल्पासिलोछो गाउँपालिका–६ को दोभानेको वडा भवन बनाउने निर्णय भएको जिल्ला समन्वय समिति भोजपुरले जनाएको छ । गाउँपालिकाको भवन २५ करोड र वडा कार्यलय ६ करोड सम्मको लागतमा निर्माण हुने राईको भनाई छ ।