यस्तो छ ‘भोजपुर रमाइलो नगर मेलाको तयारी, किन पौष १४ मा शुरु भएन मेला

भोजपुर । केहि वर्ष अघिबाट सञ्चालन हुदै आएको ‘भोजपुर रमाइलो नगर मेलाको तयारी नहुँदा मिति शनिबार
उद्घाटन हुनेभएको छ । स्टलको लागि आकाङ्क्षी वढी हुँदा व्यावस्थापन गर्नको लागि थप समय लाग्ने भएकोले सारिएको आयोजक सामाजिक विकास संस्थाका अध्यक्ष मनोज खनालले जानकारी दिए ।

मेलामा स्थानीय उत्पादनको सामग्री, हस्तकलाको सामग्री, कृषि प्रदर्शनी, विभिन्न खेलकुद, रोटेपिङ्ग, स्वास्थ्य शिविर, लगाएत जनाइएको छ ।

शानिवारबाट शुरु हुने मेला माघ ६ गते सम्म सञ्चालन हुनेछ । स्थानीय उत्पादनको प्रर्दशनीसंगै उठेको रकमबाट असक्त असाहयहरुको सहयोगमा खर्च गर्ने लक्ष्यका साथ मेलाको आयोजना गरिएको आयोजकको भनाई छ । मेलामा स्थानीयसंगै धरान विराटनगर लगाएतका राष्ट्रिय स्तर कलाकारहरुको मनोरञ्जन दिने जनाइएको छ ।