मलेसिया । डम्फू साँझ-२०१८ अर्थात अंग्रेजी नयाँ बर्ष जनवरी १ तारिखका दिन सरकारी बिदा तथा नयाँ बर्षको अवसरमा नेपाल म्हार म्हेन्दो कलाकार संघ मलेसिया तथा तामाङ बौद्ध महासंघ मलेसियाको संयुक्त आयोजनामा “विश्वभरी छरिएर रहेका तामाङहरु एक होऔं, आफ्नो रीम-ठीम आफै सजाऔं ” भन्ने नाराका साथ पञ्च बर्षिय बौद्ध धर्म म्हानी मोलाम शिक्षा तथा लिपी परिक्षणको सहयोगार्थका निम्ति आयोजित डम्फू साँझ -२०१८ लाई तामाङ समाज मलेसियाले आर्थिक सहयोग गरेको छ ।
एक कार्यक्रमको बिच तामाङ समाज मलेसियाले “डम्फू साँझ-२०१८” लाई तामाङ समाज मलेसियाका अध्यक्ष चक्र तामाङ , महासचिव छेवाङ तामाङ र कोषाध्यक्ष भिम बहादुर तामाङले संयुक्तरूपमा आयोजक समितिलाई सहयोग हस्तान्तरण गरिएको हो । तामाङ समाज मलेसिया द्वारा आयोजक समितिलाई हार्दिक बधाई तथा धन्यवाद सहित आर्थिक सहयोगको रुपमा नेपाली १०,०००( दश हजार रुपैया ) प्रदान गरिएको तामाङ समाज मलेसियाका महासचिव छेवाङ तामाङले जानकारी दिनु भएको छ ।