सबिना तामाङ अभिनित चलचित्र “माया लाग्छ नि” को शिर्ष गित सार्वजनिक (भिडियो सहित)

सुनसरी । पछिल्लो समय एकपछि अर्को गर्दै चलचित्रको गितले चर्चा पाउने गरेको छ । चलचित्र २ रुपैया मा समावेश गरिएको कुटुमा कुटु बोलको गितले फिल्मले भन्दापनि गितले बढि आम्दानी समेत दिएको छ । गितको भाव एकतिर हुन्छ तर फिल्ममा अभिनय अर्कोतिर भएको समेत देख्न पाईन्छ । छक्का पञ्जा दुईमा प्रस्तुत गरिएको ए दाजु नसमाउ नारीमा बोलको गितको भिडियो हेरेर पनि यो भन्न सकिन्छ ।

नेपाली चलचित्रमा समावेश गरिने सबै गित त्यस्ता हुदैनन् । गितकारले प्रायःजसो सबै गितमा उत्तिकै मेहनत गरेका हुन्छन् । गित निर्माण गर्दा गितकार, संगितकार, एरेन्जर तथा गायक गायिकाले परिश्रम उत्तिकै खर्चेका हुन्छन् । बाबुराम गजमेरको निर्देशनमा बनेको नयाँ चलचित्र माया लाग्छ नि… मा पनि यस्तै चलचित्र शिर्ष गित समावेश गरिएको छ । उक्त चलचित्र गजमेर स्वयंमले निर्माण गरेका हुन् ।

चलचित्रको शिर्ष गितको रुपमा रहेको उक्त माया लाग्छ नि गितलाई गोविन चोम्जोङ र सुनिता लिम्बूले आवाज दिएका छन् । फिल्म निर्देशक तथा निर्माता बाबुराम गजमेरकै शब्द संगितमा रहेको उक्त गितमा आयुश बज्राचार्यले नृत्य निर्देशन गरेका छन् ।


नेपाली कथानक चलचित्र माया लाग्छ नि…बाट सबिना तामाङले फिल्म अभिनयमा डेब्यु गरेकी छिन् । म्युजिक भिडियोबाट सुरुवात भएको उनको मोडलिङ यात्रा फिल्म सम्म पुगेको छ । चलचित्र माया लाग्छ नि… मा मुख्य भुमिकाको रुपमा पर्दामा देख्न सकिने सबिना तामाङलाई अजेश श्रेष्ठको साथ मिलेको छ । फिल्ममा अजेश श्रेष्ठ र सबिना तामाङलाई मुख्य पात्रको रुपमा देख्न सकिन्छ ।

पहिलोपटक चलचित्रमा अभिनय गरेकी सबिना तामाङ फिल्मबाट पुर्ण सन्तुष्ट रहेकी समेत बताएकी छिन् । खवरट्विट डटकमसगँको कुराकानीमा उनले आफ्ना सम्पूर्ण दर्शक तथा शुभचिन्तकलाई चलचित्रको बारेमा प्रतिक्रिया दिन आग्रह समेत गरेकी छिन् । आफ्नो जिवनको अभिनय यात्रामा दर्शकको प्रतिक्रियाले सफलताको बाटो निर्धारण गर्ने भन्दै उनले सबैलाई चलचित्र हेर्न समेत आग्रह गरिन् । चलचित्र माया लाग्छ नि…को शिर्ष गितको भिडियो मंगलबार साझ बुढासुब्बा डिजिटल प्रा.लि. बाट युटुबमा सार्वजनिक भएको हो ।
https://youtu.be/q11ArqM6RfY