२२ लाख ८१ हजार कित्ता हकप्रद विक्री गर्दे फर्स्ट माइक्रोफाइनान्स

काठमाडाै । फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्था (FMDBL) ले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट हकप्रद जारी गर्न अनुमति पाएको छ ।

बोर्डले दुई बराबर एक अनुपातमा २२ लाख ८१ हजार ३१३ कित्ता हकप्रद सेयर बिक्री गर्न लघुवित्तलाई अनुमति प्रदान गरेको हो ।

लघुवित्तको हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । ४५ करोड ६२ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फर्स्टको हकप्रद जारी पश्चात ६८ करोड ४३ लाख ९४ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

चालु आवको पहिलो त्रैमासमा कम्पनीले दुई करोड ४१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २१ रुपैयाँ कायम गरेको छ ।

कम्पनीले गत आर्थिक बर्षमा वितरण गरेको १५ प्रतिशत बोनस सेयर गत भदौ २७ गतेसम्म डिम्याट गरेका सेयरधनीहरुको खातामा नै मंसिर २७ गतेदेखि जम्मा गरिएको जनाएको छ ।

अझै भौतिक रुपमा नै सेयर धारण गरेका लगानीकर्ताले भने आफुसँग भएको सेयर अभौतिकिकरण गरेपछि सेयरधनीको खातामा नै बोनस पठाईने लघुवित्तले जनाएको छ ।

कम्पनीको सेयरमूल्य सोमबार प्रतिकित्ता ८४० रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।