गाउँपालिकाको प्रमुखहरुलाई यसरी बोलाएर अन्तक्र्रिय गरे भोजपुरमा अख्तियरले

भोजपुर । अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगको कार्यालय धनकुटाको आयोजनामा मंगलबार जिल्लास्थित सबै सरोकारवाला निकायहरुसंग भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भुमिका विषयक अन्र्तक्रिया गरेको छ ।
सन २०१७ को ट्रान्सपरेन्सी ईन्टरनेशनलको आँकडाअनुसार विश्वमा नेपाल एक सय ३० औँ देशको रुपमा रहेको छ । भ्रष्टाचार सम्बन्धि विभिन्न विषयबस्तु तथा स्थिती, जिल्ला र जिल्लाबाहिर भईरहेका भ्रष्टचार सम्बन्धिका मुद्दाहरु, उजुरी, भ्रष्टाचार उन्मूलनका समाधान र उपायका विषयमा विभिन्न सरोकारवाला निकायसंग समिक्षा भएको थियो ।

उपस्थित सम्पूर्ण सहभागीले अख्तियार आयोगले गर्ने कामकारबाहि सम्बन्धि जिज्ञासा राखेका थिए । सदाचार, निष्पक्षता र निर्भिकतालाई आधार लिई भ्रष्टाचारलाई जरैदेखी उन्मूलन गर्ने मूल उद्देश्यले आयोगले काम गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग धनकुटाका प्रमुख पुरुपोत्तम ढकालले जानकारी गराए ।
गत आर्थिक बर्षको अन्तिम पौष मसान्तसम्म करिब ३ हजार ८ सय ९५ वटा भ्रष्टाचारको उजुरीहरु आएकोमा ३ हजार ४ सय ४१ वटा उजुरीहरु अनुसन्धान गरेर टुङ्गो लगाईएको थियो ।

जिल्ला समन्वय समितीको भवनमा भएको भेलामा जिल्लाका प्रमुख सरकारी कार्यालयका प्रमुखहरु, राजनितीक दलका प्रतिनिधी, ९ वटै स्थानिय तहका प्रमुख प्रतिनिधीहरु, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, सरोकारवाला निकायका प्रमुख, सरकारी कार्यालयका कर्मचारी, पत्रकार, मिडियाकर्मीहरु लगायतको विशेष उपस्थिती रहेको थियो ।