भोजपुर, ६ आश्विन – तपाई सिसि क्यामेराको निगरानीमा हुनुहुन्छ ! यो वाक्य अक्सर तपाईं हामिले शहर बजारका ठूला सपिङ्ग कम्प्लेक्समा सेतो कागजमामा कालो अक्षरले प्रिण्ट गरेर टाँसेको देख्द्रै आएका छौं । तर तपाईं रुद्राक्ष उत्पादनको पकेट क्षेत्र भोजपुरको षडानन्द नगरपालिकाको वडा नम्वर–५ का उदयपुर र चिउरीवोटे गाँउमा पुग्नु भयो भने खेत वारीमा यस्ता वाक्य लेखिएका पोष्टर यत्र तत्र देख्न सक्नु हुने छ । हो, साँच्नैनै ! यि गाँउमा वहुमुल्य रुद्राक्षको विरुवा, कलमी(हाँगावाट सारिएको विरुवा) र फललाई चोरि हुनवाट रोक्न पर्याप्त मात्रामा यसरी सिसि क्यामेराको जडान गरिएको छ ।
परापुर्व कालदेखि भारतमा प्रमुख बजार रहेकोमा पछिल्लो एक दशक देखि चिन तर्फपनि रुद्राक्ष निकासी हुन थालेपछि रुद्राक्षवाट राम्रो आम्दानी हुन थालेको स्थानिय कृषक सुरेन्द्र राईले बताए । रुद्राक्षवाट राम्रो आम्दानी भए पछि राईले ५५ रोपनी धान खेती मासेर १ सय ५० रुद्राक्षका वोट रोपेका छन् । गत बर्षमात्र राईले ४० लाखको रुद्राक्ष वेचे । उनले १ लाख पचास हजारमा किनेर रोपेको राम्रो गुणस्तरको विरुवा गत बर्ष चोरी भए पछि सिसि क्यामेरा जडान गरेको वताए । पहिले कतिखेर चोरी हुने हो भनेर जागै वस्नुप¥र्थो ६ महिना अगाडी सिसि क्यामेरा जोडेपछि उनि अहिले ढुक्क सँग सुत्न पाएको वताउँछन् ।
रुद्राक्ष व्यापारी तथा उत्पादक एक बहादुर जिसि काठमार्डौका स्थायी वासी हुन् । उनि काठमाडौं वाटै भारत, चिन रुद्राक्ष निर्यात गर्छन् । तर रुद्राक्षवाट राम्रो आम्दानी देखे पछि उनले पु¥खौली थलो चिउरीवोटेमा रुद्राक्ष वगान लगाएका छन् । उनि २ महिना यता गाँउमै वसेर विरुवा, कलमी रोप्ने तथा त्यसको सुरक्षाका लागि सिसि क्यामेरा जडान गर्ने काम गरे । उनिले साथीहरु सँग मिलेरे स्थानिय सुमन खडका सँग १ करोड १५ लाखमा लिएको ठेक्काका २ वटा वोटमा पनि सिसि क्यामेरा जोडेका छन् । सिसि क्यामेरा जोडे पछि सुरक्षामा ढुक्क रहेको उनि वताउँछन् । गाँउमा अहिले सिसि क्यामेरा जोड्ने लहरनै चलेको छ । ६० वढि कृषकले सिसि क्यामेरा जडान गरिएको स्थानिय कृषक तथा शिक्षक धन बहादुर जिसिले जानकारी दिए ।
विगतका वर्षमा रुद्राक्ष,विरुवा धेरै चोरि हुने गरेकोमा सिसि क्यामेरा जडान गरिएको स्थानमा यसपालि त्यस्तो घटना निमिट्रयान्न भएका छन् । ईलाका प्रहरी कार्यालय दिङ्गलाका प्रहरी निरिक्षक सञ्जीव ओली यस वर्ष रुद्राक्ष चोरीका कुनै पनि उजुरी नआएको बताउँछन् ।
हेर्नुस् फोटो फिचरः