
काठमाडौँ – प्रमोद खरेलको स्वर रहेको ‘मेरो छाति धड्कियोस’ गीतमा भोजपुरकी मोडल कसिस दाहालले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
आधा दर्जन चलचित्र र तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी कसिसलाई भूपेशसिंह ठकुरीले अभिनयमा साथ दिएका छन् । लेखक राज सरगमको शब्द रहेको ‘मेरो छाति धड्कियोस’ बोलको गीतलाई संगीतकार विपिन आचार्यले कम्पोज एरेन्ज तथा मिक्सिङ गरेका छन । गायक प्रमोद खरेलको स्वर रहेको गीतलाई नरेश चैसिरले खिचेका छन् ।
काठमाडौँ र ललिपुरको लोकेशनमा खिचिएिको गीतलाई नारायण ठकुरीले निर्देशन गरेका छन् । भिडियो साइराम पिक्चरबाट सार्वजनिक भएको हो ।