दिंला- भोजपुर र संखुवासभाको सिमानामा रहेको ऐतिहाँसिक स्थल सतीघाटमा ‘मकालु हिमालयन एग्रो टुरिजम’ सञ्चालनमा आउने भएको छ । संखुवासभाका ३ जना युवा व्यावसायीले १७ करोड लगानीमा एग्रो टुरिजम सञ्चालन गर्न लागेका हुन् ।
खाँदवारी नगरपालिका- ९ तुम्लीङ्गटारमा विभिन्न व्यावसाय सञ्चालन गर्दै आएका युवा व्यावसायीहरु राज कुमार घिमिरे, ध्रुव लम्साल र राजेश श्रेष्ठको संयुक्त लगानीमा एग्रो टुरीजम सञ्चालन हुन लागेको हो ।
एग्रो टुरिजममा साहसिक, ऐतिहाँसिक, मनोरञ्जनात्मक,शैक्षिक पर्यटकलाई आकार्षित गर्न रिसोर्ट, रेष्टुरेन्ट, पार्टी प्यालेस, पिकनिक स्पोट, चिल्ड्रेन पार्क, र्याफ्टींग, मोटरवोट, प्याराग्लाईडिङ्ग, डेजर्ट सफारी लगायतका क्रियाकलाप सञ्चालन गरिने ‘मकालु हिमालयन एग्रो टुरिजम’ प्रालिका मकालु हिमालयन एग्रो टुरिजम’ प्रालि का अध्यक्ष राज कुमार घिमिरेले खवरट्वीटलाई जानकारी दिए ।
एग्रो टुरिजममा कृषि तथा पशुपालन तर्फ ७ रोपनीमा माछा पालन , ३ हजार लोकल कुखुरा, ५ सय टर्की, १ हजार कालीज, १ सय बंगुर,१० वटा भैंसी, ५० घार मौरी पाल्ने योजना रहेको संस्थाका सञ्चालक सदस्य ध्रुव लम्सालले जानकारी दिए । ११ रोपनीमा कागती खेती, ड्रागन फ्रुट लगायतका फलफुलका साथै विभिन्न जातका तरकारी लगाईने र मिनरल वाटर फ्याक्ट्री समेत सञ्चालन गरिने कम्पनीले जनाएको छ ।
२ महिना अगाडिवाट काम थालेको कम्पनीले २५ प्रतिशत भौतिक निर्माणको काम सम्पन्न गरेको जनाएको छ । बैशाख १ गतेवाट एग्रो टुरिजमको औपचारिक उद्घाटन गर्ने योजना रहेको सञ्चालक सदस्य राजेश श्रेष्ठले जानकारी दिए । ।
कम्पनीले आफैं जग्गा खरिद गरेर एग्रो टुरिजम सञ्चालनमा ल्याउन लागेको हो । ५२ रोपनी खरिद गरेर विभिन्न संरचना निर्माण भईरहेको र ४५ रोपनी जग्गा खरिद प्रक्रियामा रहेको कम्पनीका अध्यक्ष घिमिरेले वताए । पर्यटकहरुलाई अर्गानीक फलफुल तरकारी, माछा मास सत्कार गर्नुको साथै केहि बर्षपछि स्थानिय बजारमा सुपथ मुल्यमा तरकारी, फलफुल तथा माछा मासु सुपथ मुल्यमा उपलव्ध गराउने कम्पनीको लक्ष्य रहेको छ ।
अरुण नदिमा गतबर्ष देखि फेरि चल्न थालेर यातायातका साधन सिधै तराई सम्म सञ्चालनमा आएपछि सतीघाट खण्डहर बन्ने अवस्थामा पुगेको थियो । एग्रो टुरिजम निर्माण हुन थाले सँगै सतीघाटमा चहल पहल बढेको स्थानियहरु वताउँछन् ।
स्थानिय स्तरमा पर्यटन र कृषिमा लगानि भित्रिएसँगै सरोकारवालाहरुले खुशी व्यक्त गरेका छन् । षडानन्द नपा ६ का स्थायी वासीन्दा नगरपालिकाका प्रमुख समेत रहेका गणेश विक्रम बस्नेतले स्थानिय स्तरमा लगानीहुनु खुशीको कुरा भएको वताए । अर्का स्थानिय युवा तथा रुद्राक्ष व्यावसायी महासंघका उपाध्यक्ष उत्तम कट्वालले कृषि र पर्यटनमा भएको यो लगानी यस क्षेत्रको आधुनिक कृषि र पर्यटनको विकासको लागि कोशेढुंगा सावित हने वताए ।
कुनै समय तुम्लींगटार हुँदै मकालु र सगरमाथा वेस क्याम्प जाने तेस्रो मुलुकका पर्यटकको घुईचो हुने अरुण उपत्यका क्षेत्रमा विशेष गरि १० बर्षे जनयुद्धपछि पयर्टन व्यावसायलाई चाईनावाट आउने रुद्राक्ष व्यावसायीले राहत दिन वाहेक अन्य देशका पर्यटकको गतिविधि प्रायः शुन्य छ ।