भोजपुरका पूर्व सांसद वस्नेतको कोभिडका कारण निधन

भोजपुरका पूर्व सांसद नरेन्द्र वस्नेतको कोभिडका कारण निधन भएको छ । ७४ बर्षीय वस्नेतको उपचारको क्रममा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज विहान ३:३० बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

वस्नेत भोजपुर क्षेत्र नम्वर १ वाट २०४८ सालको संसदिय निर्वाचनमा नेकपा एमालेवाट निर्वाचित भएका थिए । उनि भोजपुरको दिंलामा रहेको षडानन्द सिताराम गुठीको पूर्व अध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्व प्रधानाध्यापक समेत रहेका थिए ।

पछिल्लो समय मोरंगको खोर्सानेमा वस्दै आएका उनि विभिन्न सामाजिक संघ संस्थामा सक्रिय रहनुका साथै एमसीसीको विरुद्धमा अभियान सञ्चालन गर्दै आएका थिए । वस्नेतका श्रीमती र २ छोरा रहेका छन् ।