भोजपुर,१२ जेठ- भोजपुरमा दोस्रो लहरको कोभिड १९ वाट संक्रमित हुनेको संख्या २ सय ४० पुगेको छ । आज २६ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए ।
दोस्रो लहरको कोभिड १९ मा जम्मा ३ सय ५५ जनाको पिसिआर संकलन गरिएको छ । २ सय ८६ को पिसिआर रिपोर्ट आएकोमा ९७ जनाको को कोरोना पोजेटिभ आएको हो । १५ जनाको रिपोर्ट आउन वाँकी रहेको जिल्ला स्जाथ्य कार्यालयले जनाएको छ । हाल सम्म भोजपुरमा एन्टिजेन्ट परिक्षण विधिवाट ४ सय १८ जनाको परिक्षण गरिएकोमा १४३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
भोजपुरमा हाल सम्म सवैभन्दा धेरै षडानन्द नगरपालिकामा कोरोना संक्रमित देखिएका छन् । षडानन्दमा ६२ जनामा संक्रमण देखिएको छ भने साल्पा सिलिछोंमा १ जनालाई मात्र कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले वताउँछ । भोजपुरको भोजपुर नगरपालिकामा ३७, राम प्रसाद राई गाउँपाकिालमा ५५, हतुवागढीमा ४८, आमचोकमा ९, पौवादुम्मामा ३, अरुणमा २४ र टेम्के मैयुंगमा १ जना संक्रमित रहेकाछन् ।
भोजपुरका २ सय १२ जना सक्रिय संक्रमित होम आईसोलेसनमा रहेकाछन् । जिल्ला वाहिर ४ जनालाई उपचारको लागि पठाईएको छ भने संस्थागत आईसोलेसनमा ५ जना रहेकाछन् । भोजपुरका हाल सम्म २३ जना संक्रमण मुक्त भएका छन् । भोजपुर नगरपालिकाका १ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ ।