भोजपुर,३१जेठ- भोजपुरमा दोस्रो लहरको कोभिड १९ वाट संक्रमित हुनेको संख्या ६ सय ७ पुगेको छ । आज ३८ जना नयाँ संक्रमित थपिएसँगै हुनेको संख्या ६ सय नाघेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए ।
दोस्रो लहरको कोभिड १९ मा जम्मा ३ सय ८५ जनाको पिसिआर संकलन गरिएको छ । जसमध्ये १ सय ४ जनाको को कोरोना रिपोर्टपोजेटिभ आएको हो । हालसम्म भोजपुरमा एन्टिजेन्ट परिक्षण विधिवाट २१ सय २९ जनाको परिक्षण गरिएकोमा ५ सय ६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
भोजपुरमा हालसम्म सवैभन्दा धेरै राम प्रसाद राई गाउँपालिकामा १ सय २५ जना कोरोना संक्रमित देखिएका छन् । भोजपुरको भोजपुर नगरपालिकामा १०१, षडानन्द नगरपालिकामा ७९, हतुवागढीमा ९९, आमचोकमा २८, पौवादुम्मामा १५, अरुणमा १११, साल्पा सिलिंछोमा १६र टेम्के मैयुंगमा ३३ जना संक्रमित भएकाछन् ।
भोजपुरमा २ सय ४७ जना सक्रिय संक्रमित जिल्लामा उपचाररत रहेकाछन् । जिल्ला वाहिर १६ जनालाई उपचारको लागि पठाईएको छ भने संस्थागत आईसोलेसनमा ७ जना र २४० जना होम आईसोलेसनमा रहेकाछन् । भोजपुर कोभिडवाट ५ जनाको मृत्यु भएको जिल्ला स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ ।
भोजपुरमा हाल सम्म ३४० जना कोरोना संक्रमण मुक्त भएकाछन् । भोजपुरमा हाल सम्म षडानन्द नगरपालिकामा ७० जना, भोजपुरमा ४४, आमचोकमा १९, अरुणमा ५२, साल्पा सिलिंछोमा १६ , टेम्के मैयुंगमा ८ ,पौवादुम्मा ४, राम प्रसाद राईमा ८५ र हतुवागढी गाउँपालिकामा ५२ जना कोरोना मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।