पारसको गेटअपमा भाईरल भए भरतमणि (भिडियो) सहित

पूर्वराजा ज्ञानेन्द्र,गोकुल बाँस्कोटा, राजेन्द्र महतो लगायत दर्जनौं नेताहरुको क्यारीकेचर गरेर चर्चामा आएका कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ का प्रतियोगी भरतमणि पौडेल पूर्व युवराज पारस शाहको गेट अपमा देखिने भएका छन् । शनिबार साँझ प्रसारण हुने ‘कमेडी च्याम्पियन’ को नयाँ श्रृखंलामा उनी पूर्व युवराज शाहको गेट अपमा देखिन लागेका हुन् ।

शो को बिहीबार नयाँ ट्रेलर सार्वजनिक गरिएको थियो । जसमा भरतमणिको पूर्व युवराज शाहको गेटअपको छोटो प्रस्तुति समेत समेटिएको छ । समाचार तयार गर्दासम्म उक्त ट्रेलर ६ लाख ६० हजार हजार भ्युज पाएको छ । ट्रेलरमा पौडेलको गेटअप पूर्व युवराज शाहसँग हुबहु मिल्दो देख्न सकिन्छ । शाहकै हाउभाउमा उनले प्रस्तुति समेत दिएका छन् । प्रस्तुतिमा राजाको शासन समयमा कलाकार दरबार छिर्ने प्रसंगदेखि केही अगाडि पूर्व युवराज शाहको हेल्मेट काण्ड समेत समेटिएको ट्रेलरमा देख्न सकिन्छ । उक्त ट्रेलर फेसवुक, ईन्स्टाग्राम, टीकटकमा समेत भाईरल भईरको छ ।

ट्रेलर सार्वजनिक भएपछि भरतमणिको यो लुक्सले चारैतिर चर्चा पाइरहेको छ । ट्रेलर युट्युबको ट्रेनिङमा पर्न सफल भएको छ । ताप्लेजुङबाट प्रतिस्पर्धामा सहभागी पौडेल यस अगाडि पनि पूर्व मन्त्री गोकुल बाँस्कोटासहित थुप्रै क्यारिकेचर गरेर चर्चामा छाएका थिए ।

‘कमेडी च्याम्पियन २’ को अहिले उत्कृष्ट ४ प्रतिस्पर्धा चलिरहेको छ । आज प्रसारण हुने प्रतिस्पर्धाबाट पौडेल उत्कृष्ट तीनमा पर्ने नपर्ने निक्र्यौल गर्नेछ । पौडेलसहित उत्कृष्ट ४ मा बिक्की अग्रवाल, सन्तोष थापा, हिक्मत महरा पनि छन् । प्रतियोगितामा उत्कृष्ट प्रस्तुति राख्दै दर्शक तथा निर्णायकका प्रिय बन्न सफल पौडेल उपाधिका दावेदार समेत मानिन्छन् ।