
काठमाडौं- नेकपा (एमाले)को प्रचार विभागमा पनि जेठ २ मा जाने १० बुँदे सहमति कार्यान्वयन भएको छ। हालका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले शुक्रबार पार्टी कार्यालयमा विभागको बैठक राखेर आफू अब विभागमा नरहेको र जेठ २ कै संरचना अनुसार जिम्मेरवारी फर्काउन चाहेको बताएका थिए।
माओवादी केन्द्रसँग एकता हुनुअघि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई थिए । भट्टराईलाई आज ज्ञवालीले पूर्ववत जिम्मेवारी हस्तान्तरण गरेका हुन्। विभागका सदस्यहरुमा भने पहिले र अहिलेका मिलाएर बनाइने भएको छ। ज्ञवालीले प्रचार विभाग छाडेको भए पनि प्रवक्ता भने यथावतै छन् ।
ज्ञवालीले यसबारे पनि आफ्ना धारणा राख्दै १० बुँदे सहमति कार्यान्वयन गर्दा पद यथावत पुर्नस्थापित हुने तर जिम्मेवारी भने हेरफेर हुन सक्ने बताएका थिए। बैठक बसेर पार्टीले नयाँ परिस्थिति अनुसार सबैलाई जिम्मेवारी दिने ज्ञवालीको भनाइ थियो।