नेपाली कांग्रेसको षडानन्द नगर अधिवेशन स्थगित

दिंला– नेपाली कांग्रेसको चौधौं अधिवेशन अन्तर्गत षडानन्द नगरपालिकाको नगर अधिवेशन स्थगित भएको छ । सभापति पदमा सर्वसम्मत नभएपछि अधिवेशन स्थगित भएको हो ।

नगर सभापतीमा तीन जना आकांक्षी रहेकाछन् । आकांक्षीहरुमा नेपाली कांग्रेस निवर्तमान षडानन्द नगरपालिकाका सभापती राजु वस्नेत, सचिव किशोर राई र जिल्ला कमिटी सदस्य भिम तामाङ रहेका छन् । आकांक्षीहरुमा सहमति हुन नसकेपछि अनिश्चितकालकालागि अधिवेशन स्थगित भएको निवर्तमान सचिव तथा अध्यक्षका आकांक्षी किशोर राईले जानकारी दिए ।