
धनकुटा – जिल्लामा २८ हजार नक्कली नोटसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । धनकुटा नगरपालिका ९ मूलघाटमा सोमबार राति प्रहरीले एक हजार दरका २८ वटा नोटसहित धनकुटा(१ हिलेका युवालाई पक्राउ गरेको हो ।
बरामद नोट एउटै नम्बरका छन् । पक्राउ परेका युवाको नाम प्रहरीले गोप्य राखेको छ । घटनाबारे अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर विस्तृत विवरण दिने बताएको छ ।
चाडपर्व नजिकिएसँगै नक्कली नोटका कारोबारी सक्रिय रहेको हुन सक्ने धनकुटा प्रहरीले जनाएको छ ।