काडमाडौं- सामाजिक संजाल फेसबुकमा आफ्नै महिला साथिलाई फर्जी आईडी बनाएर म युकेको लाहुरे हुँ हाल युकेमा छु भनि नगद र सुन ठगी गर्ने भोजपुरका एक युवक पक्राउ परेका छन् । जिल्लाको साल्पासिलिछो गाउँपालिका ४ लिम्खिमका केदार राईलाई महानगरिय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
K.D Gorkhali नामको फर्जी आईडी बनाएर राईले पिडीत महिलालाई तिमीलाई माया गर्छु, युके लैजान्छु भन्दै झुटा सपना देखाएका थिए । राईले आफ्नी श्रीमती इटहरीमा सवारी दुर्घटनामा परी मृत्यु भएको र छोराछोरी लण्डलमा होस्टल राखे भन्दी ती महिलालाई आश्वस्त पारेको प्रहरीले वताएको छ । राईले आफ्नी आमा नेपालरहेको र भदौ १६ गते मेसेन्जरमा फोन तथा म्यासेज गरी आफ्नी आमा कलेजोको रोगी भई बिरामी परेर ग्राण्डी अस्पतालमा उपचारगर्न केहि रकम आवश्यक परेकोले सहयोग गर्न अनुरोध गरेका थिए । उनले आफ्नो दाई लिन आउने भनी विश्वासमा पटक पटक १ लाख ६० हजार नगद, सुनको बेरुवा औठी, सुनको लकेट सहितको सिक्री समेतको धनमाल आफै लिई ठगी गरेको पिडीत महिलाले आरोप लगाएकीछिन् ।
ठगीको आरोप लागेका काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका १० चुनिखेल बस्ने राईलाई पक्राउ गरी ठगी कसूरमा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी बृत बौद्धमा पठाईएको महानगरिय अपराध महाशाखाले जनाएको छ ।